इजरायलमा मारिएका आनन्द साहको परिवारलाई पाँचलाख सहयोग

इजरायलमा मारिएका आनन्द साहको परिवारलाई पाँचलाख सहयोग
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

ढल्केवर(धनुषा) : हमास समूहबाट मारिएका धनुषाका आनन्द साहको परिवारलाई मधेश सरकारले पाँच लाख सहयोग गरेको छ । गत असोज २० गते इजरायलमा चरमपन्थी समूह हमासको आक्रमणमा परी मृत्यु भएका धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय साहको परिवारलाई राहतस्वरुप प्रदेश सरकारले पाँच लाख रुपैयाँ सहयोग गरेको हो ।

मधेश सरकारबाट घोषणा भएअनुरुप मुख्यमन्त्री सरोज कुमार यादवले शुक्रबार मृतक साहका बुवा सोमन साहलाई पाँचलाख बराबरको चेक हस्तान्तरण गरेका हुन् । जनकपुरकै मिट कलेजबाट आइएससी उत्तीर्ण गरेका साह सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर मल्टिपल क्याम्पस कैलालीमा कृषि विषयमा स्नातक पढेका थिए । 

अन्तिम वर्षको पढाइ सकिएपछि कलेजले नै अभ्यासका लागि इजरायल पठाएको थियो । उक्त आक्रमणबाट साहसहित अध्ययन भ्रमणमा रहेका १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.