वैशाख १६ गतेदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाइने

वैशाख १६ गतेदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाइने
सुन्नुहोस्

ढल्केवर(धनुषा) : सरकारले यही वैशाख १६ गतेदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने भएको छ। सरकारले सातवटा जिल्लामा सञ्चालन गर्ने भनिएको राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम यही वैशाख १६ गतेदेखि सुरु हुने भएको हो।

हात्तीपाइले रोग निवारणका लागि जोखिम समूहमा रहेका झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा आम औषधि सेवन कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी छ। 

त्यहीअनुसार धनुषाको मिथिला नगरपालिकाले आम औषधि सेवन अभियान सम्बन्धी पालिकास्तरीय योजना तथा बहुनिकाय गोष्ठी सञ्चालन गरेर हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रमलाई पूर्ण सफल बनाउन तयारी सुरु गरेको छ।

स्वास्थ्य अधिकृत समेत रहेको मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार भण्डारीले हात्तीपाइले रोग विरुद्ध चलाउने औषधिहरू अत्यन्त प्रभावकारी र सुरक्षित रहेको उल्लेख गर्दै यो औषधि सेवन गरेर हात्तीपाइले रोग निवारण गर्ने अभियानमा आ–आफ्नो तबरबाट जुट्न सबैमा अपिल गरे।

उनले २ वर्षभन्दा मुनिका बच्चा, गर्भवती महिला, सुत्केरी भएको एक हप्ताभित्र र अशक्त भई बेडमा रहेका बाहेक सबै आम नागरिकलाई हात्तीपाइले रोग विरुद्धका औषधि सेवन गर्नुपर्ने बताए। उनका अनुसार हात्तीपाइले रोग विरुद्ध प्रयोग भइरहेका औषधिहरू डाइथाइलकार्बामाजिन १०० एमजी  र ४०० एमजीको अल्बेन्डाजोल औषधि खुवाइने छ।

कुनै लक्षण नदेखिए पनि शरीरमा हात्तीपाइले रोगको परजीवि हुन सक्ने भन्दै आम नागरिकलाई औषधि सेवन गर्न गराउन अभियान सञ्चालन गर्न लागेको अधिकृत भण्डारीले जनाए। रोग लागि सकेपछि पूर्ण रुपमा निको हुन नसक्ने भएकाले समयमै औषधि खाएमा शरीरमा हात्तीपाइलेको परजीवि नष्ट हुने र रोग नलाग्ने भएकाले आम रुपमा औषधि सेवन गर्न उनले आग्रह गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.