आगो निभाउने क्रममा वृद्धाको मृत्यु
स्याङ्जा : आगो निभाउने क्रममा जलेर स्याङ्जामा वृद्धको घटनास्थलमै मृत्यु भएको छ। बिरुवा गाउँपालिका-७ कुमेरदुङ निवासी ७४ वर्षीया रेउसरी गुरुङको बिहीबार दिउँसो जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
कोदोको बिउ राख्नका लागि बारीमा सुकेका झारपात, पतिंगर जलाउने क्रममा आगो सल्केर जंगलसम्म पुगेपछि सोही आगो निभाउने क्रममा जलेर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए। घटनाका बारेमा अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।