कल्भर्टमुनि लकुाएर राखिएको २३० केजी गाँजासहित युवक पक्राउ

कल्भर्टमुनि लकुाएर राखिएको २३० केजी गाँजासहित युवक पक्राउ
सुन्नुहोस्

वीरगन्ज : बारामा प्रहरीले गोली चलाएर ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। बाराको पचरौता नगरपालिका-४ इनर्वाबाट प्रहरीले २ सय ३० केजी गाँजासहित रौतहटको फतुवा विजयपुर नगरपालिका-४ टेंग्राहाका २३ वर्षीय चन्दन पासवानलाई पक्राउ गरेको हो। 

विशेष सूचनाको आधारमा बुधबार मध्यरातमा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक नवीन राइको नेतृत्वमा खटिएको प्रहरी टोलीले उक्त परिमाणमा रहेको गाँजासहित चन्दनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

न्यौपानेका अनुसार इनर्वास्थित सडकको कल्भर्टमुनि प्लाष्टिकले बेरेर लुकाएर राखिएको अवस्थामा १५ पोका गाँजा प्रहरीले बरामद गरेको हो। प्रहरीको टोली देखेर गाँजा तस्कर चन्दन भाग्न खोजेपछि उनलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गर्नु परेको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए। 

गाँजासहित पक्राउ परेका चन्दनलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.