सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारीले गरे दाबी पेस

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारीले गरे दाबी पेस
सुदूरपश्चिम प्रदेशका प्रमुख निजर मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्दै नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी। तस्बिर : शिवराज भट्ट

धनगढी : नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। उनले चार दलको समर्थनमा प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

सोडारीलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको छ। सत्ता साझेदार दल एमालेले यसअघि सोडारीलाई मुख्यमन्त्री बनाउन नहुने अडान लिएको थियो। बिहीबार बालकोटले 'ग्रिन सिग्नल' दिएपछि सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

यसअघि नै गठबन्धन दलबीच सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति गरेको थियो। तर, आफूले मुख्यमन्त्री नपाउने भएपछि एकीकृत समाजवादीले नागरिक उन्मुक्तिका सांसद लक्ष्मण किशोर चौधरीलाई कांग्रेससँग मिलेर मुख्यमन्त्रीमा समर्थन गरेको थियो। केन्द्रको निर्णय मान्न प्रधानमन्त्री तयार भएपछि सोडारीले चौधरीलाई दिएको समर्थन फिर्ता लिएका थिए।

प्रदेश प्रमुख मियाँले सरकार गठनका लागि दोस्रोपटक आह्वान गरेको समय आज ५ बजे सकिँदैछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.