अवैधरूपमा नेपाल बसेर के गर्दै थिए २८ जना बंगलादेशी?

अवैधरूपमा नेपाल बसेर के गर्दै थिए २८ जना बंगलादेशी?
प्रतिकात्मक तस्बिर
सुन्नुहोस्

काठमाडौं : गत चैतमा काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट १८ जना बंगलादेशी नागरिक पक्राउ परे। उनीहरू भिसा अवधि सकिएर पनि गैरकानुनीरूपमा नेपालमा लुकिछिपी बसिरहेका थिए। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई ठमेल, सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरेको थियो।

अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्र सिंह राठौरका अनुसार गैरकानुनीरूपमा नेपालमा बस्ने १८ जना बंगलादेशी नागरिकलाई अध्यागमन कार्यालयमा बुझाइएको छ। नेपालमा विभिन्न अपराधमा मुछिएका १० जनाविरुद्ध अनुसन्धान भइरहेको उनको भनाइ छ। 

भिसा सकिएर पनि नेपालमा बस्ने बंगलादेशी नागरिकहरू बेलाबेला अपराध कर्ममा जोडिने गरेको सूचना प्रहरीलाई आउँथ्यो। पक्राउ परेकाहरू भने कोही गार्मेन्टमा काम गर्थे भने कोही होटेलमा काम गर्थे। उनीहरूको विस्तृत अनुसन्धान भइरहेको राठौरले बताए। 

प्रहरीले पर्यटकीय क्षेत्रमा विशेष निगरानी बढाएको छ। यही क्रममा बंगलादेशी नागरिकलाई विभिन्न युरोपियन देशमा पठाउने भन्दै नेपालमा ल्याएर बन्धक बनाउने समूहसम्म प्रहरी पुगेको थियो। उनीहरूले काठमाडौंको पकनाजोलस्थित निभाना ग्रिन पिस होम नामक होटलको कोठामा राखेर पीडित बंगलादेशी नागरिकलाई बन्धक बनाएका थिए। क्यानडा, इटाली, अमेरिका, क्रोयसियालगायतका देशमा नेपालबाट सजिलै भिसा लाग्ने प्रलोभन दिएर उनीहरूले ती व्यक्तिहरूलाई नेपाल ल्याएर बन्धन बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
 
नेपालमा बन्धक बनाएर धाक धम्की दिने, कुटपिट गर्ने र आफन्तसँग सम्पर्क गर्न नदिइ पासपोर्ट नियन्त्रणमा लिने गरेको प्रहरीको भनाइ छ। यसरी उनीहरूसँग लाखौं नगद लिएर नेपालमा ल्याएर अलपत्र पार्ने गर्थे। यसरी अलपत्र पार्नेमा बंगलादेशी नागरिकहरू नुरुल हुडा, समिम हमिद, मासुम विलख, मासुम विल्ला, प्रनोय कुमार दे, यासिर अहम्मद, अमिर हुसेन, मोहम्मद मोस्सीर, तमिना वेगम, सलिम मिया, जाहागिर आलम रहेका छन्। 

उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरेका अनुसार बंगलादेशी नागरिकले भारतीय र श्रीलंकन एजेन्टको प्रयोग गर्दै बंगलादेशीलाई नेपालमा ल्याउने गर्थे। उनीहरूले कतै विदेश पठाउने भने हैन। युरोपियन देश पठाउने भन्दै नेपाल ल्याएर ठगी गर्नेमात्रै हो।
 
प्रहरीका अनुसार गैरकानुनीरूपमा नेपाल बसेका केही बंगलादेशी नागरिकले नेपाली कागजात बनाउने गरेको पनि प्रहरीले फेला पारेको छ। यसअघिका केही घटनामा नेपालमा बसेर नक्कली कागजात बनाउने र यतै बस्ने गरेका पनि थिए। केही भने शरणार्थीको रूपमा नेपाली कागजात बनाएर अमेरिका जाने प्रक्रियामा समेत रहेको प्रहरी अनुसन्धानले देखाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.