मधेसमा लोसपाका मन्त्रीले दिए राजीनामा, सरकारलाई दिएको समर्थन पनि फिर्ता लिँदै
![मधेसमा लोसपाका मन्त्रीले दिए राजीनामा, सरकारलाई दिएको समर्थन पनि फिर्ता लिँदै](https://annapurnapost.prixacdn.net/media/albums/Losapa_7Mrb0mgbeA_k6RF7RAsho.png)
जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। पार्टीबाट मन्त्री बनेका रमेशप्रसाद कुर्मीले मंगबार राजीनामा दिएका छन्।
वनमन्त्री कुर्मीको राजीनामासँगै मुख्यमन्त्री सरोज यादव दिएको समर्थन फिर्ता लिने तयारी भइरहेको लोसपा सांसदहरूले बताएका छन्।
मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लिने कार्यक्रम रहे पनि जनमतको अवरोधका कारण प्रदेशसभा बैठक स्थगित भएको छ। १० मिनेटका लागि बैठक स्थगित गरिए पनि हालसम्म बैठक सुचारु हुन सकेको छैन।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)