सुदूरपश्चिममा एकीकृत समाजवादीले लक्ष्मण किशोरलाई दिएको समर्थन लियो फिर्ता

सुदूरपश्चिममा एकीकृत समाजवादीले लक्ष्मण किशोरलाई दिएको समर्थन लियो फिर्ता
सुन्नुहोस्

धनगढी : सत्ता गठबन्धनका चार दलहरूबीच नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति भएपछि समाजवादीले लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ। 

सत्ता गठबन्धनबीच सुदूरपश्चिममा समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएपछि समाजवादीले समर्थन फिर्ता लिएको हो। समाजवादीका नेता दीर्घ सोडारी आफैं प्रदेश प्रमुखको कार्यालयमा पुगेर समर्थन फिर्ता लिएका हुन्।

वैशाख २ गते नेपाली कांग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थनमा नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। कांग्रेस १८, समाजवादी ४, राप्रपा १ र आफ्ना ७ जना गरी उनले २९ जनाको समर्थन रहेको दाबी पेस गरेका थिए।

एकीकृत समाजवादीले लक्ष्मण किशोरलाई दिएको समर्थन फिर्ता लिने भएपछि अब लक्ष्मण किशोरसँग २५ जना प्रदेशसभा सदस्य बाँकी रहन्छन्। तर, उनकै पार्टीका ७ जनामध्ये २ जना उनलाई समर्थन नगर्ने पक्षमा छन्। बैठकमा एकीकृत समाजवादीले समर्थन फिर्ता लिने निर्णय भएपछि कुनै पनि दाबीकर्ताको स्पष्ट बहुमत नभएकाले प्रदेश प्रमुखले मुख्यमन्त्री दाबीका लागि थप समय दिन सक्छन्।

वैशाख २ गते नागरिक उन्मुक्तिकै कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। स्रोतकाअुनसार कैलाशले पनि आफ्नो दाबी फिर्ता दिने सहमति भएको छ। 

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा १ जनाको निधन भएपछि अहिले ५२ प्रदेश सभा सदस्य छन्। सरकार बनाउनका लागि २७ जनाको बहुमत आवश्यक पर्छ। समाजवादीसँग अब माओवादीका ११, एमालेका १०, आफ्ना ४, एक जना स्वतन्त्र र २ जना नागरिक उन्मुक्तिका भए पनि सरकार बनाउने सम्भावना बलियो बनेको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.