आदर्श पुरुष, आदर्श विचार

आदर्श पुरुष, आदर्श विचार

सुशासनको मूल सन्देश दिने त्रेतायुगीन रामराज्य र त्यसका मूलनायक रामको प्रसँग जोडिएको रामनवमी पर्व यसै वैशाख महिनाको ५ गते परेको छ। त्यसो त यो समय वासन्ती नवरात्रिको हो र सजिलोका लागि शारदीय नवरात्रि मानिएको हो। देवदेवीको चर्चा र शक्ति उपासनाको प्रसँग हाम्रो धर्म दर्शनमा यत्रतत्र पाइन्छ। राम त्यस्ता शासक हुन् जसले भोलि हुन लागेको राज्याभिषेक छोडेर पितृ आज्ञाअनुसाार वनबास गए। उनलाई वनमा नजान ठूलो लोकमत थियो तर नीति, धर्म तोडेनन् उनले र जंगलतिर लागे। निर्वाचन वा लोकमतको भिड पनि सधैं ठीक हुन्छ भन्ने होइन, त्यसमा नीति, निष्ठा, इमान्दारिता, नैतिकता, सच्चरित्रता कति छ त्यसको पनि मूल्यांकन जरुरी छ।

रामायणको समग्र अध्ययन गर्दा आजभन्दा साढे बाह्र लाख वर्षपहिले नै हाम्रो परिप्रेक्ष्यमा सुशासनको अभ्यास भएको पाइन्छ। एक धोबीले कुरा काट्दा जनमतको कदर गर्दै सीतालाई बाल्मीकि आश्रम पठाउने पनि राम नै हुन्। परमेश्वरका अनेक अवतारमध्ये त्रेतायुगीन ज्ञानको युग मानव जीवनको अध्ययनको आरम्भ दिन हो। चैत्रशुक्ल मध्याह्न १२ बजे धर्तीमा अवतरित श्रीराम अवतारलाई श्रीहरिको पूर्र्ण र शान्त अवतारको रूपमा मानिएको छ। अयोध्या नरेश दशरथका कुलमा कौशल्याको गर्भवाट प्रकट भएका श्रीराम अघि स्वायम्भूमन एवं शतरूपा महारानीका तीनवटा वरदान पूरा गर्ने क्रममा प्रथम पुत्रका रूपमा धर्तीमा आएका हुन्।

संस्कृत साहित्यका आदिकवि वाल्मीकिले भनेका छन्– राम स्वयं ईश्वर हुन्। वाल्मीकिका मुखबाट वेद प्रस्तुत भई रामायणको रूप लिएको हो। हाम्रा लागि वेद सहज नभए पनि वेदको सविस्तार वर्णित रामायण सबैलाई सहज छ। आज विश्वभरि नै चर्चा पाएको रामायण, महाभारत र गीताशास्त्रले सम्पूर्ण भवरोगको औषधि दिन्छ भनिएको छ। शोक, भय, चिन्ता व्याकुलतामा परेकाहरूको सही र शुद्ध औषधि तŒव भनेको रामायण पाठ, रामको स्मरण, मन्त्रोच्चारण, श्रीरामको कथा अवतार र पावन लीलाहरूको संकीर्तन नै हो। व्यवहार परस्त तुलसीदास सन्त भए रामकै कृपाले, हिन्दी भाषाका कवि मैथिली भाषादेखि नेपाली भाषाका अदिकवि भानुभक्त आचार्यसमेतले रामायणको चर्चा गर्न छोडेनन्।

धर्तीमा रहेको प्रदूषण हटाए उनले खासगरी दुष्ट शासकहरू लागि काल नै बने श्रीराम। यिनले रावण आदि दुष्ट पात्रहरूलाई अन्त्य नै गरे। मात्र होइन, पूरै धर्तीलाई दुष्परिणामबाट बचाए पनि, त्यस्ता आदर्श पुरुषको जन्म दिन मनाउँदैछौं। संसारकै लागि उदाहरण भन्नुपर्छ र रामसँगै जोडिएका जनकको देश हो हाम्रो। जनकको शासनकालामा सबै निर्भयी रहे, औषधिसमेत आवश्यक परेन। चोरी, हिंसा त कतै भएन, त्यही जनकपुर हो हाम्रो, जहाँ जनकले गुरुहरूबाट शास्त्रहरूको अध्ययन गर्दै जनकल्याण हुने गरी राज्य सञ्चालन गरे। 

रामायणमा भएको पितृस्नेह, पत्नीव्रत, भाइप्रतिको उदारभाव, शत्रुघ्नको सेवाभावले आज पनि जीवनोपयोगी, यथार्थ र आदर्श समाज निर्माणमा थप सन्देश दिएको छ। रामायण मानवजीवनको यथार्थपरक आस्था हो, व्यवहारत एउटै कडी हो जसबाट नजिकै आएको राज्य सुखभोग, ऐस आरामलाई सीधै तिरस्कार गरी सरल र पवित्रोत्तम जीवन सञ्चालन गर्न प्रेरित गर्छ। राम वनबास जाँदा दुुःखी छैनन् र राज्य प्राप्तिमा हर्षित पनि। जीवनका लागि योभन्दा ठूलो त्याग के हुन्छ ? सदाचारको आदर्श र व्यवहार प्रयोगको असल नमुना रामायणले हरमानवलाई अनुशासित बन्न प्रेरित गर्छ। गृहस्थ जीवनका लागि रामायण सर्वाेत्कृष्ट र सर्वाेत्तम शास्त्र हो।

हिरण्यराजले उपद्रव गरिएकी पृथ्वीलाई बचाउन वराह, हिरण्यकशिपुको आवेगबाट प्रह्लादलाई बचाउन नृसिंह, समुद्र मन्थनबाट प्राप्त अमृतको दुरुपयोगबाट रोक्न मोहिनी, समुद्र मन्थनमै साथ दिन कुर्म, वेदको रक्षा गर्न मत्स्य, धर्ममा विकृति रोक्न हंस अवतारदेखि सांख्य योगसिद्ध गर्न कपिल एवं ऋषभ अवतार र रावणादि असुरहरूबाट धर्तीलाई संरक्षण दिन रामअवतार भएको हो ईश्वरको। दुष्ट राजाहरूको संहार गर्न परशुराम अवतार लिने भगवान् कंस आदिको भयबाट दूर गर्न कृष्णदेखि संसारमा अहिंसा धर्म स्थापनाका लागि बुद्ध अवतार लिने प्रसंग पनि छ। महाकलिका अन्त्यमा उनले कल्किअवतार लिनेछन् र त्यो समय भनेको चार लाख वर्ष बाँकी नै छ, यो युगको समय २०८१ प्रवेशसँगै ५ हजार १ सय २५ वर्ष मात्र व्यतीत हुँदैछ।

राम सूर्यवंशी हुन्। उनको जन्मदिनमा मुलुकभरका राममन्दिर एवं अन्यान्य देव, तीर्थस्थलहरूमा विशेष भिडभाड हुन्छ। छिमेकीले राम मन्दिर बनाएपछि भक्तको भिड छ। अबुधावीमा बनेको हिन्दु मन्दिरले दैनिक ७ लाखको पर्यटक तानेको छ, हामीकहाँ रामकै अर्धाङ्गिनी सीताको जन्मस्थल छ, रामको आत्मारूप शिव पशुपतिनाथ छन्। गुरु आज्ञाले पुत्रेष्टि यज्ञ गर्ने सन्दर्भमा शृंगीऋषिबाट दशरथले यज्ञ गर्दा अग्निदेव प्रकट भई हातमा रहेको पायस राजालाई दिई रानीहरूलाई बाँड्नू भनेपछि रानीहरूमा गर्भ रहँदा खिर पायसका प्रभावले वीर चार पुत्ररत्नहरू प्राप्त भएका हुन्। त्यसका मूल आचार्य शृंगीको बासस्थान गुल्मीको तम्घास हो। वेदका रचयिता व्यासको क्षेत्र हो तनहुँ। रामायण काव्यबारे सन्त तुलसी दासले आफ्नो कृति रामचरित मानसमा बढो सुन्दर ढंगले चर्चा गर्दै भनेका छन्– जसले रामायण पढ्छ मात्रै, ऊ त कवि भइहाल्छ, सर्जक भइहाल्छ।

श्रीरामका तीन प्रमुख स्वरूपमध्ये आधिभौतिक स्वरूपमा– कर्मयोगी आदर्श मानवका रूपमा र आधिदैविक स्वरूपमा उनी व्यापक ब्रह््म हुन्। आध्यात्मिक दृष्टिले उनी ज्ञानरूपी सबैका अन्तरआत्मा हुन्। पिता दशरथका तीन स्वरूपमध्ये आधिभौतिक– अयोध्या नरेश धर्मभीरु राजा, आधिदैविकमा देवांश स्वरूप मनुका सन्तान र आध्यात्मिकरूपमा जीवरूपी दशरथ १० इन्द्रिय मानवस्वरूप हो। सरयु नदीका विषयमा चर्चा गर्दा– आधिभौतिकरूपमा देवनदी, आधिदैविकरूपमा देवांशस्वरूपा, आध्यात्मिकरूपमा मानवका सुषुम्ना नाडीहरू हुन्। अयोध्याको चिन्तन गर्दा बजारसहितको नौ प्रवेशद्वार भएको सुन्दर नगरी आधिभौतिक रूपमा हो भने आधिदैविकमा श्रीविष्णुको साकेतपुरी र आध्यात्मिकरूपमा मानव हृदयरूपी अयोध्या हो।

यज्ञलाई बुझ्नुपर्दा सकाम कर्मयज्ञ, विष्णुस्वरूप यज्ञ र निष्काम कर्म, भक्ति या ज्ञानयज्ञ भन्ने हो। वशिष्ठ गुरुको चिन्तन गर्नुपर्दा आधिभौतिकमा कुलपुरोहित गुरुदेव, आधिदैविक रूपमा उनी देवांशस्वरूपा र आध्यात्मिकरूपमा भन्नुपर्दा उनी ब्रह्मनिष्ठ भन्ने बुझिन्छ। माता कौशल्या आधिभौतिक रूपमा आदर्शमाता रानी हुन्, आधिदैविक रूपमा शतरूपा अवतार र आध्यात्मिकरूपमा सŒवगुण प्रधान मानव हृदयको वृत्ति हो। सुमित्राचाहिँ क्रमशः आदर्शमाता, देवांशस्वरूपा र वृत्तिरूपा नै हुन्। कैकेयीलाई क्रमशः कुमातारूपी, देवांश सद्गुणी र राजसिक प्रवृत्ति परायण कैकेयी भन्ने बुझिन्छ।

लक्ष्मण विनयी भाइ, देवांशरूप शेष र प्रेमरूपी सखा हुन्। शत्रुघन आदर्श, देवांश र विवेकी भन्ने बुझिन्छ। १४ वर्ष वनबासको चिन्तन भने समय १४ वर्ष, रावण, कुम्भकर्ण जय विजयरूपी र आध्यात्मिकरूपमा भन्नुपर्दा पाँच प्रकारको मानवकर्म र ९ प्रकारको नवधा भक्ति हो। मन्त्री सुमन्त्र श्रेष्ठ सल्लाहकार, देवांश र संयम, एकाग्रताको प्रतीक मनरूपी मन्त्री हुन्। स्थूल सिर्जनासँग सम्बन्धित आधिभौतिक, देवतासँग सम्बन्धित आधिदैविक र आत्मासँग सम्बन्धित आध्यात्मिक भन्ने अर्थ बझ्नु पर्छ


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.