खेलकुद मैदान निर्माणमा भ्रष्टाचार

सामाजिक विकास कार्यालयका तत्कालीन प्रमुखसहित पाँचजनाविरुद्ध मुद्दा दायर

सामाजिक विकास कार्यालयका तत्कालीन प्रमुखसहित पाँचजनाविरुद्ध मुद्दा दायर
तस्बिर : अन्नपूर्ण

काठमाडौं : ठूलीभेरी नगरपालिका-३ दुनै, डोल्पामा खेलकुद मैदान निर्माणको लागि कर्णाली प्रदेश सरकारबाट छुट्याएको रकम अनियमितता गरेको आरोपमा सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख आचार्य,सब- इन्जिनियर मोतीप्रसाद बुढा र डीपीआर सम्पन्न भएको  जिल्लास्थित कभर्डहल तथा खेलमैदान निर्माण उपभोक्ता समिति दुनै डोल्पाका अध्यक्ष अभिषेक शाही,सचिव अपार गुरूङ र कोषाध्यक्ष विश्वनाथ शाहीविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो।

आयोगका प्रवक्ता नरहरि घिमिरेले ठूलीभेरी नगरपालिका-३ दुनै,डोल्पामा खेलकुद मैदान निर्माणका क्रममा २०७६/०७७ मा लागत अनुमान र सम्झौता उल्लिखित कामभन्दा फिल्डमा भएको कामभन्दा बढी ९ लाख ९३ हजार ९ सय ४० रुपैयाँ बराबरको झुट्टा बिल भरपाइ बनाइ गैरकानुनी लाभ र हानी पुर्‍याउने बदनियतले भुक्तानी दिने/ लिने काम गरी भ्रष्टाचार गरेको पुष्टि हुन आएकाले सामाजिक विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख आचार्यसहित पाँचजनाविरुद्ध मुद्दा दायर गरेको जानकारी दिए।

उनीहरूविरुद्ध ९ लाख ९३ हजार ९४० रुपैयाँ बिगो र जरिवाना माग दावी गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.