भक्तपुरमा आज भगवानलाई सगुन खुवाइँदै
![भक्तपुरमा आज भगवानलाई सगुन खुवाइँदै](https://annapurnapost.prixacdn.net/media/albums/abhi-Sagun_Jatra-April_16_2024-4_8Tkeyr1Nnr_JDbscmilgT.jpg)
भक्तपुर : भक्तपुरको बिस्का जात्राको प्रमुख आकर्षण ‘स्वग बियगु जात्रा’ अर्थात् सगुन जात्रा पनि हो । यो हरेक वर्ष वैशाखको चौथो दिन मनाइन्छ । अन्य दिनमा जात्रा भक्तपुरको एक निश्चित स्थानमा मात्र सीमित हुने गर्छ भने यो दिन भक्तपुरका सम्पूर्ण स्थानमा जात्रा मनाइने गरिन्छ।
परम्परागत नेवारी पहिरन, हाकुपटासीमा सजिएका महिला पङ्क्तिमा देवतालाई सगुन अर्पण गर्ने भएकाले यसलाई नेवारिमा ‘स्वग बियगु जात्रा’ अर्थात् सगुन जात्रा भनिएको हो । यस जात्रा भक्तहरूले भक्तपुरमा विभिन्न ४२ देवीदेवतालाई विशेषगरी नेवारी भोजमा बनाइने परिकार सगुनस्वरूप चढाइने गरिन्छ।
‘सगुण यात्रा’ भक्तपुरको सूर्यमाडीबाट सुरु भई दत्तात्रय, गोलमढी, सुकुलढोका, टौमढी, गहिती, लकुलाछेँ, इटछेन, खौमा, तलेजु हुँदै सूर्यमाडीमा फर्केर समापन हुन्छ। यस जात्रामा मुख्यतया महिलाको सहभागिता बढि हुन्छ। पुरुषहरू भने विभिन्न परम्परागत वाद्ययन्त्रहरू बजाउनमा व्यस्त हुन्छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)