इलाम-२ मा उपनिर्वाचनको रौनक : चुनावी 'एजेण्डा' सुनाउँदै घरघरमा उम्मेदवार

इलाम-२ मा उपनिर्वाचनको रौनक : चुनावी 'एजेण्डा' सुनाउँदै घरघरमा उम्मेदवार
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

इलाम : गत भदौ २६ गते नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि हुन लागेको उपनिर्वाचनका लागि इलाम- २ मा उम्मेदवाहरू अहिले मतदाताको घरमा पुग्ने क्रमलाई तीव्रता दिएका छन्।

सडक,शिक्षा स्वास्थ, खानेपानीलगायतका भौतीक पूर्वाधारको अभावमा दशकौंदेखि उपेक्षित बनेको इलाम २ मा अहिले उम्मेदवार ‘आश्वासनको पोको’ बोकेर ‘भुँइ मान्छे’हरूलाई नमस्कार गर्न व्यस्त छन् । 

सबैको आँकलन आफूले चुनाव जित्ने नै छ । स्वर्गीय सुवास चन्द्र नेम्वाङ पुत्र सुहाङ नेम्बाङलाई नेकपा माओवादीको समेत साथ छ । गत निर्वाचनमा एमालेले २६ हजार ५६२ मत पाएको थियो भने प्रत्यक्षतर्फ नेम्वाङले ३० हजार २० मत पाएका थिए । यसपटक समानुपातिकमा ५ हजार १५३ मत पाएको माओवादी पनि एमालेलाई नै मत दिन तयार भएको छ । यसअघि माओवादीको मत काङ्ग्रेसका उम्मेदवार डम्बर खड्काले पाएका थिए । 

उद्यपी साथैमा रहेको भनिएको नेकपा एकीकृत माओवादीका नेता कार्यकर्ता भने स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिङतर्फ खुलेर उभिएका छन् ।  नेपाली कांग्रेस इलामका सभापति डम्बर बहादुर खड्का आफ्नो जित सु्निश्चित भएको दावी  गर्छन्।  उनले भने,'‘जनताको सुखदुःखमा साथमै छु, भूगोल बुझेको छु, समस्या सबै थाहा छ, मतदाताले मलाई नै जिताउनुहुनेछ ।’

खड्काले अघिल्लो निर्वाचनमा २९ हजार ९०६ मत पाएका थिए । यस बेला उनलाई नेका माओवादी र नेकपा (एस)को साथ थियो । कांग्रेसका दह्रा आकांक्षी ठानिएका भेषराज आचार्य खड्कासँग चुनावी मैदानमा देखिएपछि कांग्रेसमा उत्साह छाएको छ । कांग्रेस नेता गगन थापा, डा .शेखर कोइरालालगायतलाई मतदाता माझ उतारेको कांग्रेसले चुनाव प्रचारलाई व्यवस्थित रुपमले अघि बढाएको जनाएको छ । 

गत निर्वाचनमा समानुपातिकतर्फ ५८६ मत प्राप्त गरेको नेकपा (एस)का उम्मेदवार जितबहादुर राईले पनि चुनावी अभियानलाई तीव्र बनाएका छन् । उनले इलाम क्षेत्र -२ को भूगोल र समस्या बुझेको उम्मेदवार भएकाले यसपटक आफूले सबै उम्मेदवारलाई उछिन्ने दावी गरे । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बु पनि चुनावी अभियानमा छ । उनले नागरिकको पक्षमा काम गर्ने बताए । उनले मतदाताको मायाले आफूलाई थप हौसला मिलेको जिकिर गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङले पनि जनताको आवश्यकता अनुसार काम गर्ने योजना सुनाउँदै आफूले नै जित निकाल्ने दावी गर्छन् ।  गत निर्वाचनमा राप्रपाले सो क्षेत्रबाट ११९१  मत समानुपातिकमा प्राप्त गरेको थियो भने  राप्रपाको उम्मेदवारले ५१० मत प्राप्त गरेका थिए । 

पहिचानवादी उम्मेदवारको रुपमा चर्चा कमाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले पनि चुनावी अभियानलाई तीव्र बनाएका छन् । उनलाई पहिचानवादी मतदाता र धरानका मेयर हर्क साङपाङको साथ छ ।  
इलाम- २ मा अर्जुन कुमार शाही (स्वतन्त्र), गणेश बहादुर चौहान (राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल), जयवन्त विक्रम शाह (राष्ट्रिय मुक्ति आन्दोलन नेपाल), डाक प्रसाद गौतम (स्वतन्त्र), दिनेश बोहोरा (स्वतन्त्र), धनराज मगर (नेशनल रिपव्लिक नेपाल), प्रेम कुमार थाम्सुहाङ(जनमत पार्टी)मनि बहादुर लिम्बु (मंगोल नेशनल अर्गनाईजेशन), मनोज निरौला (स्वतन्त्र), योगेन्द्र गुरुङ(स्वतन्त्र), राज वश्याल (स्वतन्त्र), रेशम बहादुर सुनार(नेपाल जनता दल), श्याम बहादुर दर्जी (नेपाल मजदुर किसान पार्टी) सहित १९ जना चुनावी मैदानमा छन् । 

कांग्रेस उम्मेदवार खड्काको ‘क्षेत्र’ बनाउने आठ अवधारणा 

कृषि, पर्यटनको दृष्टिले निक्कै अघि रहेको इलाम क्षेत्र न २ मा अहिले चुनावी चहलपहल निक्कै बढेको छ । उम्मेदवारहर कोही लिखित त कोही मौखिक रुपमा सो क्षेत्रको विकासका अवधारणा सुनाउँदै मतदाताको घरघरमा पुग्ने गरेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार  खड्काले आफ्नो क्षेत्रको विकासका लागि ८ वटा अवघारणा आइतबार सार्वजनिक गरेका छन् । वैशाख १५ मा हुने उपनिर्वाचनमा उम्मेदवार खड्काले ‘इलम इलाम’ अवधारणसहित ८ वटा मुद्दा अगाडि सारेका हुन् ।

उनले अभिभावक कृषि बैंक तथा बीमा, बाटोदेखि विकाससम्म, इलमी इलामेली शिक्षा, इलामेली उद्यमशीलता स्कुल र इलाम लगानी सम्मेलन २०८२ लाई मुख्य मुद्दा बनाएका छन् । खड्काले भने ‘ आठ (अ) र चिया को बजारिकरणमा काम गर्ने योजना बनाएको छु ।’

उनले कृषि उपजको बजारी करण र उचित मुल्यका लागि समेत काम गर्ने प्रतिवद्धता जनाएका छन् ।  कृषि अनुदान, कृषि तथा पशु विमालाई किसानको उन्नतीमा लगाउने उनको अवधारणा पत्रमा उल्लेख छ ।  यस्तै इलाम भ्रमण वर्ष २०८२, इलाम डिजिटाइजेसन २.० र प्रबुद्ध कार्यान्वयन समूह उम्मेदवार खड्को मुद्दा बनेको छ । 

उम्मेवार खड्काले ‘इलम इलाम’अवधारणाले इलाम- २ बासीको आवश्यकता, आकांक्षा, मर्म र अनुभूति आत्मसात गरेको बताएका छन् । इलााममा पत्रकार सम्मेलन गरेर खड्काले आफ्नो अवधारणा सार्वजनिक गरेका हुन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.