डीआईजी उमेशराज जोशी र भिमप्रसाद ढकाल एआईजीमा बढुवा सिफारिस

डीआईजी उमेशराज जोशी र भिमप्रसाद ढकाल एआईजीमा बढुवा सिफारिस
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश राज जोशी र भिमप्रसाद ढकाल अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन्। 

सोमबार बसेको बढुवा समितिको बैठकले एआईजी पदमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत जोशी र प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ढकाललाई बढुवा गर्न सिफारिस गरिएको प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए। उनका अनुसार नेपाल प्रहरीमा उमेर हदका कारण अवकाश भई रिक्त हुन आउने दुई पदमा उनीहरुलाई बढुवाका लागि सिफारिस गरिएको हो। 

बढुवा समितिका सदस्य-सचिव कुँवरले जारी गरेको सूचनामा भनिएको छ, ‘प्रहरी नियमावली २०७१ (संशोधन सहित) को परिच्छेद - ११ नियम १२७ (१) को देहाय (क) (२) बमोजिम नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ उमेर हदका कारण अवकाश भई रिक्त हुन आउने प्रहरी अतिरिक्त महानिरीक्षक पद संख्या २ (दुई) मा बढुवा गर्न मिति २०८१।०१।०३ गते बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार देहाय बमोजिमको जनपद प्रहरी समूहतर्फका प्रहरी नायव महानिरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ।’

जोशी ७३.८३६८ प्राप्तांकसहित पहिलो नम्बरमा र ढकाल ७३.६३०६ प्राप्तांकसहित दोस्रो नम्बरमा बढुवा सिफारिसमा परेका छन्। उमेरहदका कारण वैशाखको पहिलो साता एआईजी सन्दीप भण्डारी र एआईजी मिरा चौधरी थारु अवकाश हुन लागेका हुन्।

 null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.