सिड्नी चक्कु आक्रमण घटना : महिलालाई मात्र लक्षित गरी प्रहार गरेको प्रहरीको दावी
सिड्नी : अष्ट्रेलियाको प्रहरीले सिड्नीको एक मलमा चक्कु प्रहार गर्ने पुरुषको निशाना महिला नै भएको देखिएको बताएको छ ।
४० वर्षीय जोएल काउचीले शनिबार भीडभाड भएको वेस्टफिल्ड बोन्डी जंक्शन कम्प्लेक्समा चक्कु प्रहार गरेर ६ जनालाई मारेका थिए।
यस आक्रमणमा मारिएका ६ जनामध्ये ५ जना महिला छन् । यस आक्रमणमा एक बालिका सहित धेरै जना घाइते भएका छन् ।
न्यु साउथ वेल्सका प्रहरी आयुक्तले अष्ट्रेलियाली प्रसारक एबीसी न्यूजलाई भने, 'स्पष्ट रूपमा काउचीले महिलाहरूलाई लक्षित गरेको थिए।'
उक्त हमलामा मृत्यु भएका एकमात्र पुरुष ३० वर्षीय सुरक्षा गार्ड फराज ताहिर हुन् । फराज ताहिरले आक्रमणकारीलाई रोक्न खोजेका थिए।
प्रहरी आयुक्तले भने, ‘भिडियोमा सबै कुरा स्पष्ट छ। आक्रमणकारीले महिलाहरूलाई लक्षित गरेका चक्कु प्रहार गरेका थिए र पुरुषहरूलाई छाडिदिएका थिए।'
अधिकारीहरूले आक्रमणपछि आक्रमणकारीको मानसिक स्वास्थ्य पनि यस आक्रमणको कारण हुन सक्ने बताएका थिए। बीबीसी