डाँगीको निधनमा राप्रपाले ३ दिन पार्टीको झन्डा आधा झुकाउने

डाँगीको निधनमा राप्रपाले ३ दिन पार्टीको झन्डा आधा झुकाउने
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाडौं केन्द्रित भएको प्रदर्शनमा घाइते भएका एक जनाको निधन भएको छ। प्रदर्शनमा घाइते भएका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा निधन भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

बर्दिया मधुवन नगर कार्यसमितिका संस्थापन अध्यक्षसमेत रहेका डाँगी प्रहरी दमनबाट गम्भीर घाइते बनेको राप्रपाको भनाइ छ। प्रहरीको दमन र अश्रुग्यास प्रहारबाट घाइते भएका डाँगीको सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा सोमबार बिहान निधन भएको हो। डाँगीको निधनबाट पार्टीलाई ठूलो क्षति पुगेको राप्रपाले जनाएको छ।

डाँगीको निधनमा शोक प्रकट गर्दै राप्रपाले ७७ वटै जिल्ला कार्यालयमा ३ दिन पार्टीको झन्डा आधा झुकाउने र १३औं दिनको पुण्यतिथिमा केन्द्र र जिल्लामा शोकसभा गर्ने निर्णय गरेको छ। प्रदर्शनमा घाइते भएकाहरू ६ जना अझै अस्पतालमा उपचाररत रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.