अछाममा आगलागीमा परी दुई बालबालिकाको मृत्यु

अछाममा आगलागीमा परी दुई बालबालिकाको मृत्यु
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

अछाम : अछाममा आगलागी हुँदा दुईजना बालबालिकाको मृत्यु भएको छ। मेल्लेख गाउँपालिका ६ षोडशामा छानामा आगलागी हुँदा दुईजना बालबालिकाको मृत्यु भएको हो ।

आगलागीमा परी दीपक बोहराको छोरी अन्दाजी ८ वर्षीया भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी ६ वर्षीय गोपाल बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । 

सोमबार बिहान ९:५५ बजे खरले छाएको छानामा अचानक सल्केको आगोमा परी बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले जानकारी दिए । घटनाबारे अनुसन्धानका लागि मेल्लेख प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक नरेन्द्रबहादुर खड्काको नेतृत्वमा टोली खटिएको डीएसपी पाठकले बताए । 

गत माघ २४ गते मेल्लेख गाउँपालिका- ३ ठाटीमा छानोमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको थियो । मृत्यु हुनेमा ३ वर्षीय अंकित बुढा र ६ वर्षीया निरुता बुढा रहेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.