सुन-चाँदीको मूल्य बढ्यो
![सुन-चाँदीको मूल्य बढ्यो](https://annapurnapost.prixacdn.net/media/albums/Gold_s_oPdcIW2jjn_jVWENg5TFy.jpg)
काठमाडौं : नेपाली बजारमा सुन-चाँदीको भाउ बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार ७ सय रुपैयाँ बढेर प्रतितोला सुन १ लाख ३७ हजार ५०० रुपैयाँ कायम भएको हो।
अघिल्लो कारोबार दिन आइतबार प्रतितोला सुन १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँ पुगेको छ।
यसैगरी सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। आज प्रतितोला चाँदी १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)