उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ सम्पन्न
तस्बिर : अन्नपूर्ण

महोत्तरी : एकाबिहानै उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि मिथिलाञ्चलमा विधिवतरुपमा चैती छठ सम्पन्न भएको छ । पञ्चमी तिथि अर्थात् शनिबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका व्रतालुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि अहिले पारण गर्दैछन् ।

मिथिला क्षेत्रमा आजको सूर्योदय बिहान ५ बजेर ४१ मिनटको हाराहारीमा भएको हो । व्रतालु सूर्योदय हुनु एक घण्टा पहिलादेखि कम्मरसम्म डुब्ने पानीमा तीन पटक डुबुल्कि मारेर सूर्यलाई चाँडै देखिन गीतबाट पुकारा गरिरहेका थिए । यसअघि गत कात्तिकमा शरद ऋतुको छठ कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइएको थियो ।

null

व्रतालुले पञ्चमीको ‘खरना’ विधियता लगातार करिब ३२ घण्टाको निराहार व्रतपछि आज बिहान उदाउँदो सूर्यलाई ‘भोरका अरख’ दिएका हुन् । ‘भोरका अरख’ अर्पण गरिएसँगै छठ पर्व समापन भएको हो । पर्व सकिएसँगै अहिले घरघरै छठिमाताको प्रसाद खाने/खुवाउने क्रम सुरू भएको छ ।

यसअघि आइतबारसाँझ व्रतालुले साँझपख अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिइ छठपर्वको मुख्यपूजा ‘सझुका अरख’ अर्पण गरेका थिए । त्यस्तै शुक्रबार चैत शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधिबाट व्रत सङ्कल्प गर्दै सुरु गरेका थिए । यसैगरी छठमा व्रतालुले गत शनिबार पञ्चमीका दिन ‘खरना’ सम्पन्न गरेका थिए ।

शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । छठ व्रतको प्रभावले दुःख, दारिद्र अन्त्य भई सुख, शान्ति र प्रत्येक मनोकाङ्क्षा पूरा हुने मैथिल जनविश्वास छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.