प्रभावकारी न्यायप्रशासन कायम राख्न मेरो प्रमुख भूमिका रहन्छ : प्रधानन्यायाधीश

प्रभावकारी न्यायप्रशासन कायम राख्न मेरो प्रमुख भूमिका रहन्छ : प्रधानन्यायाधीश
सुन्नुहोस्

डोटी : प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले प्रभावकारी न्यायप्रशासन बनाउनका लागि आफूले प्रमुख भूमिका खेल्ने बताएका छन्। गृह जिल्ला डोटीमा नागरिक अभिनन्दन कार्यक्रममा उनले सो कुरा बताएका हुन्। उनले भने, ‘न्यायपालिकाको प्रमुखको हैसियतले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मान्यता अक्षुण राख्दै प्रभावकारी न्यायप्रशासन कायम गर्न क्रियाशील रहनु मेरो प्रमुख भूमिका र जिम्मेवारी रहन्छ।’ 

न्यायपालिकाको नेतृत्व गर्दै गर्दा स्वच्छ, निष्पक्ष, छिटोछरितो, गुणस्तरिय एवं प्रभावकारी न्याय सम्पादन तथा सुशासन र विधिको शासनको प्रत्याभूति गर्दै आम नागरिकहरूका न्यायपालिका प्रतिको अपेक्षा पूरा गर्नुपर्ने दायित्व रहने उनले बताए। 

‘न्याय, समानता विधिको शासन र सुशासनको प्रत्याभूति मार्फत मुलुकको समृद्धि र न्यायपूर्ण स्थापनाका लागि न्यायपालिकाले खेल्ने भूमिका र पुर्‍याउनुपर्ने योगदान उत्तिकै महत्वपूर्ण हुन्छ’, उनले भने। 

सिलगढीमा जन्मिएका उनलाई बाजागाजाका साथ सिलगढी बजारमा परिक्रमा गराइएको थियो। बजार परिक्रमा पश्चात प्रसिद्ध धार्मिक स्थल शैलेश्वरी मन्दिर प्राङ्गणमा औपचारिक कार्यक्रम गरी उनलाई नागरिक अभिनन्दन गरिएको थियो। नागरिक स्तरबाट गरिएको नागरिक अभिनन्दनको नेतृत्व दिपायल सिलगढी नगरपालिका, जिल्ला समन्वय समिति र पूर्वीचौकी गाउँपालिकाले गरेका थिए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.