गठबन्धनबाटै सुदूरपश्चिममा मुख्यमन्त्री : एमाले

गठबन्धनबाटै सुदूरपश्चिममा मुख्यमन्त्री : एमाले
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेले केन्द्रको सत्ता समीकरणअनुसार नै सुदूरपश्चिममा सरकार बन्ने विश्वास व्यक्त गरेको छ। 

पार्टी कार्यालय च्यासलमा आइतबार बसेको एमाले सचिवालय बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नागरिक उन्मुक्ति पार्टीभित्रको समस्याले सुदूरपश्चिममा सरकार बन्ने विषयका केही जिज्ञासा खडा भएपनि केन्द्रको गठबन्धन अनुसार नै सरकार बन्ने विश्वास व्यक्त गरे। 

उनले कोशी प्रदेशमा वर्तमान मुख्यमन्त्रीले बहुमत गुमाएकाले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। 

संसदबाट सरकार बन्ने अवस्थासम्म संसद विघटन नहुने सर्वोच्चको फैसलाको नजिर अनुसार मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने उनको भनाइ छ। ज्ञवालीले सरकारबाट अप्रत्यासित हट्नुपर्दाको प्रतिशोध स्वरूप कांग्रेसले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गरेको तर्क गरे। 

बैठकले नयाँ समीकरण र सरकारको कामकारबाहीका बारेमा छलफल भएको र सरकारको कामलाई थप प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेको ज्ञवालीले बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.