जोमसोमको हाईअल्टिच्युड शिविरमा ५ सय पर्यटक लाभान्वित

जोमसोमको हाईअल्टिच्युड शिविरमा ५ सय पर्यटक लाभान्वित
सुन्नुहोस्

जोमसोम : जोमसोममा एक साता सञ्चालन गरिएको हाईअल्टिच्युड शिविरमा ५ सय पर्यटक लाभान्वित भएका छन्। प्रदेश प्रहरी अस्पतालको प्राविधिक सहयोगमा गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मुस्ताङले शिविर आयोजना गरेका हुन्। 

मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आएका आन्तरिक तथा बाह्य पर्यटकको स्वास्थ्य परीक्षण गरिएको हो। शिविरमा प्रदेश प्रहरी अस्पतालबाट मेडिकल अधिकृत मृदुषा श्रेष्ठसहित ३ जनाको टोली मुस्ताङ आएको थियो। मुस्ताङ आएका पर्यटक तथा दर्शनार्थीहरूलाई स्वास्थ्य समस्याका बारेमा सोधपुछ गरी स्वास्थ्य परीक्षण गरिएको थियो।

पछिल्लो समय मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई हाईअल्टिच्युड जोखिम मुख्य समस्याका रुपमा रहेको छ। पछिल्लो ३ आर्थिक वर्ष २९ जनाले हाईअल्टिच्युड समस्याका कारण ज्यान गुमाइसकेका छन्। चालु आर्थिक वर्षको ९ महिनामा ११ जना दर्शनार्थी तथा पर्यटकले यो समस्याका कारण ज्यान गुमाइसकेको प्रहरी निरीक्षक मिलनबहादुर विकले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.