लागुऔषधसहित विभिन्न स्थानबाट पाँचजना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट पाँचजना पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टेबाट अवैध लागुऔषध चरेशजस्तो देखिने पदार्थ ४ किलोसहित चन्द्रागिरी नगरपालिका-१२ गुर्जुधारा बस्ने मकवानपुर थाहा नगरपालिका-७ घर भएका ३७ वर्षीय अर्जुन स्याङतानलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उक्त स्थानमा रहेको फुड ओ क्लक क्याफेको पार्किङमा रोकी राखेको बा।१ ज ७२२६ नम्बरको ट्याक्सीलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी ट्याक्सी चालक स्याङतानलाई पक्राउ गरेको हो । 

सुनसरी, धरान उपमहानगरपालिका-७ सरस्वती चोक बस्ने २६ वर्षीय सुरेश गिरीलाई अवैध लागुषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-८ बाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २८ वर्षीय प्यारेलाल राना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली,गौरीगंगा नगरपालिका-१ चौमाला बजारबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय समिर खड्कालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

मोरङ,बिराटनगर महानगरपालिका-१६ दक्षिण गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रामसहित सोही महानगरपालिका-१५ बस्ने १९ वर्षीय प्रेम चौधरीलाई दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको  हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.