गुल्मीको सीताराम मन्दिरमा ऐतिहासिक महायज्ञ

गुल्मीको सीताराम मन्दिरमा ऐतिहासिक महायज्ञ
सुन्नुहोस्

गुल्मी : गुल्मीमा आगामी वैशाख ५ गतेदेखि ११ गतेसम्म श्रीरामकथा, हनुमान चालीसा हवनात्मक अनुष्ठान राष्ट्रकल्याण महायज्ञ हुने भएको छ। सीताराम मन्दिर व्यवस्थापन समितिको आयोजना जिल्लाको गुल्मीदरबार गाउँपालिका र रेसुंगा नगरपालिकाको संगमस्थल भुवाने पार्कमा महायज्ञ हुन लागेको हो।

सीताराम मन्दिरमा ऐतिहासिक मन्दिरको संरक्षण र राष्ट्रको कल्याण गर्दै भगवान््प्रति मनुष्यको विश्वास र उनको पूजा गर्ने उद्देश्यले पहिलोपटक सातदिने महायज्ञ गर्न लागिएको मन्दिरका सीताराम मन्दिरका निर्माणकर्ता सुब्बा बस्नेतले जानकारी दिए। नेपालकै कम उमेरकी वाचिका सुश्री उमामहेश्वरी महायज्ञमा प्रमुख वाचिकाका रूपमा आउने भएकी छन् भने उपवाचिका राधिका लोककल्याणकारी रहेको आयोजकले जनाएको छ।

सीताराम मन्दिर व्यवस्थापन समितिले महायज्ञको तयारीलाई तीव्र पारेको छ। उमेर पुगेर चौरासी पूजा गर्न नसकेका र लक्ष्यबत्ती बाल्न नसकेका विपन्न परिवारलाई महायज्ञमा निःशुल्क पूजाको व्यवस्था गरिएको निर्माणकर्ता वस्नेतले बताए। महायज्ञमा शोभाकलश यात्रा, रामकथा पाठपारायण, राम आरती, कलात्मक भजन, विद्वान् तथा सन्तमहात्माबाट दिव्य कथा प्रवचन,राम कथा प्रवचन हुनेछन्।

साथै महनयज्ञमा प्रत्येक दिन साँझ राम आरती र स्थानीयस्तरको भजनकृतन, हनुमान हवनात्मक अनुष्ठान र रामकथामा आधारित दिव्य झाँकी प्रस्तुत गरिने आयोजकले जनाएको छ।

null

आकर्षक मन्दिर बनेपछि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ। पछिल्लो समय मन्दिर जिल्लाको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुंगासँगै सीताराम मन्दिरको दर्शन तथा अवलोकन गर्नेको संख्या दैनिक बढ्दो छ। त्रेतायुगमा रेसुंगामा भगवान् श्रीराम जाने बेलाका पाइला छोडेका किम्बदन्ती पाइन्छ। सडक निर्माणको क्रममा पाइलाहरू फुटालिएपछि त्यस ठाउँको संरक्षण गर्न एक करोड खर्च गरेर सुब्बा बस्नेतले सीताराम मन्दिर निर्माण गरेका थिए। सुब्वा बस्नेत गुल्मी दरबार गाउँपालिका ३ का स्थानीय हुन्। 

इन्जिनियरसमेत रहेका बस्नेतले मन्दिरको डिजाइन आफैंले बनाएका हुन्। २०७६ सालमा निर्माण सुरु गरिएको मन्दिरको गतवर्ष उद्घाटन गरिएको स्थानीय तथा समाजसेवी प्रकाश टण्डनले बताए। ‘व्यक्तिगत रूपमा करोड माथिको लगानीमा निर्माण गरिएको सीताराम मन्दिर नेपालकै पहिलो हो’, उनले भने, ‘अहिले मन्दिरमा हुन लागेको महायज्ञ जिल्लामै पहिलो र ऐतिहासिक हो।’

महायज्ञमा कथा वाचिका सबै सुश्री र हवनका लागि पाँचजना वटुक रहेको उनले बताए। मन्दिरमा आवतजावत गर्ने भक्तजनलाई सहज यात्राका लागि बस्नेतले आफ्नै लगानीमा सडक समेत ढलान गरिदिएका छन्। महायज्ञमा सहआयोजकका रूपमा लोककल्याण सेवा प्रतिष्ठान एवं रामजानकी बालिका आश्रम देवघाटधाम, चितवन रहेको छ। महायज्ञमा प्रदान गरिएको सहयोगको ५ प्रतिशत रकम गरिब र विपन्नलाई सहयोग गरिने बस्नेतले बताएका छन्। 

गुल्मीको गुल्मीदरबार गाउँपालिका र रेसुंगा नगरपालिकाको संगमस्थल भुवाने पार्कमा सुब्बा बस्नेतले व्यक्तिगत करोडौं लगानीमा निर्माण गरिएको श्री सीताराम मन्दिर। उक्त मन्दिरमा आगामी वैशाख ५ गतेदेखि ११ सम्म जिल्लामै पहिलोपटक ऐतिहासिक श्रीरामकथा, हनुमान चालीसा हवनात्मक अनुष्ठान राष्ट्रकल्याण महायज्ञ हुँदै छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.