हिउँदे फलफूल नर्सरी व्यवस्थापन तालिम

हिउँदे फलफूल नर्सरी व्यवस्थापन तालिम
सुन्नुहोस्

जोमसोम : मुस्ताङमा १९ जिल्लाका अगुवा कृषकले हिउँदे फलफूल नर्सरी व्यवस्थापनसम्बन्धी तालिम लिएका छन्। मुस्ताङको घरपझोङ—२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रले उनीहरूलाई ३ दिने तालिम दिएको हो।

केन्द्रले १९ जिल्लाका २३ नर्सरी धनी कृषकलाई बागवानी केन्द्रमा हिउँदे फलफूल नर्सरी व्यवस्थापनसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक तालिम अभ्यास गराएको केन्द्र निमित्त प्रमुख एवं तालिमका सहजकर्ता पद्मनाथ आत्रेयले जानकारी दिए। तालिम लिन मुस्ताङ, जुम्ला, सोलुखम्बु र देलखा जिल्लाबाट २-२  नर्सरी धनी मुस्ताङ आइपुगेका छन्। यसैगरी, बागलुङ, म्याग्दी, गोरखा, मुगु, डोल्पा, कालीकोट, हुम्ला, बैतडी, बाजुरा, डडेलधुरा, रोल्पा, रुकुमपूर्व, रसुवा, मकवानपुर र ओखलढुंगाबाट १—१ जना तालिम लिन उनले बताए।

तालिममा शीतोष्ण हावापानीमा उत्पादन हुने फलफूलको गुणस्तरीय बिरुवा उत्पादन गर्नका लागि केन्द्रमा भएका विभिन्न क्रियाकलाप सिकाइएको केन्द्रका कार्यालय प्रमुख आत्रेयले बताए। ‘तीन दिनसम्मको तालिममा हामीले सकेसम्म धेरै नै बढी व्यावहारिक अभ्यास तालिम सिकाएका छौं,’ उनले भने, ‘मुस्ताङमा सहभागी कृषकलाई फिल्डमै लगेर देखाउने र सिकाउने कार्य गरेका छौं।’

तालिममा विशेषत स्याउ, ओखर, आरु, आरुबखडा, खुर्पानी, कागजी बदाम, अंगुर, स्पिट चेरी र हेनल नटलगायतका करिब एक दर्जन हिउँदे फलफूलको नर्सरी बिरुवाको प्रसारण विधि तथा व्यवस्थापनसम्बन्धी तालिम दिइएको तालिमका प्राविधिक संयोजक भीमसेन भण्डारीले जानकारी दिए।

यसैगरी, हिउँदे फलफूल नर्सरी व्यवस्थापन तालिममा केन्द्रमा भइरहेका नवीनतम प्रविधि, उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेतीका लागि बिरुवा उत्पादन कार्य कृषकलाई सिकाइएको छ। उच्च घनत्व प्रविधिमा बिरुवा  उत्पादन गर्दा माउन्ड लेयरिङ, ट्रेन्च लियरिङ र तन्तु प्रजननका विविध पक्षहरूमा कृषकलाई प्रशिक्षण दिइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.