पाल्पाका पर्यटकीयस्थलमा चहलपहल बढ्यो

पाल्पाका पर्यटकीयस्थलमा चहलपहल बढ्यो
सुन्नुहोस्

तानसेन : नयाँ वर्षका अवसरमा स्वदेशी पर्यटकहरू घुमघामका लागि पाल्पाका विभिन्न पर्यटकीय गन्तव्यहरूमा पुगेका छन्। तानसेनको श्रीनगर डाँडा, रानीमहल, रुरु क्षेत्र, रिव्दीकोटको  भैरवस्थान, रम्भाको रिमिघा लेक, कौडे लेक, तिनाउको जन्तीलुङ्ग, मरामकोट जस्ता क्षेत्रहरूमा रमाउँदै नयाँ वर्ष मनाउन हजारौं पर्यटकहरू पुगेका छन्। 

यस वर्ष तानसेनमा नयाँ वर्ष मनाउन पर्यटकहरू वृद्धि भएको तानसेन नगरपालिकाले जनाएको छ। तानसेन नगरपालिकाले नयाँ वर्ष मनाउन आउने पर्यटकहरूलाई केन्द्रित गरेर श्रीनगर डाँडामा खानेपानी, शौचालय नाचगानका लागि साउन्ड सिष्टम, विद्युत लाइनको सुविधा प्रदान गरेको नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताए। नयाँ वर्षमा प्रेमको प्रतीक रानीमहल र  श्रीनगर डाँडामा हजारौं पर्यटकहरू पुगेका छन्। 

श्रीनगर डाँडामा धेरै जना वनभोजमा सहभागी भएका छन्। रानीमहल क्षेत्रमा २० हजारभन्दा बढी पर्यटकहरूले अवलोकन गरेको तानसेनको श्रीनगर डाँडामा ३० हजारभन्दा बढी पर्यटकहरू घुमघामका लागि आएको तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले  बताए। 

गर्मीयाममा हिमालको चिसो हावासँगै नाचगान गरी रमाउन तराई क्षेत्र रुपन्देही, कपिलवस्तु, नवलपरासी क्षेत्रका बासिन्दाहरूका लागि तानसेनको श्रीनगर विशेष क्षेत्र बन्ने गरेको छ। तानसेन नगरपालिका-१० तेल्घाले गुफाचौर वन क्षेत्रमा पर्यटकहरूलाई लक्षित गरेर विशेष कार्यक्रम सञ्चालन गरेकोले आन्तरिक तथा बाह्य पर्यटकहरूको नयाँ वर्षमा भीडभाड बढेको  वडाध्यक्ष हिमलाल पंगेनीले बताए। 

रम्भा गाउँपालिकाले नयाँ वर्षलाई लक्षित गरेर रिमिघा लेक र रम्भादेवी मन्दिरमा पर्यटक लक्षित कार्यक्रम ल्याएको छ। रिमिघा लेकमा नयाँ वर्ष मनाउन ५ हजारभन्दा बढी आन्तरिक पर्यटकहरू पुगेका छन्। रिमिघा लेकमा पर्यटकहरूका लागि चाहिने स्वच्छ खानेपानी, सुविधायुक्त शौचालय, बस्ने शीतल छहारीको व्यवस्था गरिएको  छ। 

नयाँ वर्ष मनाउन  तथा भैरव भगवानको आर्शीवाद लिन करिब २ हजारभन्दा बढी धार्मिक पर्यटकहरू रिव्दीकोटको भैरवस्थान मन्दिरमा पुगेका छन्।  पर्यटकको रोजाइमा जलेश्वर, ख्याहाको लिस्ने भिर पर्दै आएको छ। गर्मीबाट छटपटिएका तराई क्षेत्रमा पर्यटकहरूलाई माथाँगढीको कौडेलेक, तिनाउँ गाउँपालिकाको सत्यवती, मरामकोट र जन्तीलुङ्ग आर्कषणको केन्द्र बन्दै आएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.