मुस्ताङको पर्यटकीय गाउँ ठिनीमा १२० घरधुरीलाई डस्टबिन वितरण

मुस्ताङको पर्यटकीय गाउँ ठिनीमा १२० घरधुरीलाई डस्टबिन वितरण
सुन्नुहोस्

जोमसोम : मुस्ताङको घरपझोङ गाउँपालिका-५  ठिनी गाउँका १२० घरधुरीलाई डस्टबिन वितरण गरिएको छ। नयाँ वर्ष २०८१ का अवसरमा पारेर मुस्ताङ कल्याणकारी संघले शनिबार धार्मिक तथा पर्यटकीय नमुना गाउँ ठिनीमा स्थानीयलाई फोहोर व्यवस्थापन गर्ने प्लास्टिकबाट बनेको १२० थान डस्टबिन वितरण गरेको हो।

मुस्ताङको घरपझोङ-५ ठिनी गाउँ पछिल्लो सयम पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ। त्यहाँ थकाली संग्रालय, स्नो लियोपार्ट,यारुझो भ्यूटावर,गुम्बा र चर्चित रहेको ढुम्बालाल अवस्थित छ। ठिनी गाउँमा पर्यटक बढ्दै जाने थालेपछि ठिनी गाउँका १० घरधुरीले होमस्टे समेत सञ्चालन गरेका छन्। केही घरधुरीहरूका पर्यटक लक्षित होटलहरू पनि सञ्चालनमा छन्।

ठिनी गाउँलाई स्वच्छ, सफा, सुन्दर र वातावरणमैत्री गाउँका रुपमा विकास गर्न मुस्ताङ कल्याणकारी संघले फोहोर व्यवस्थापन गर्न स्थानीय घरधुरीलाई फोहोर व्यवस्थापन गर्ने डस्टबिन वितरण गरेको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.