दीपेन्द्र सिंह ऐरीले हाने लगातार ६ छक्का, कतारविरुद्ध २११ रनको लक्ष्य
![दीपेन्द्र सिंह ऐरीले हाने लगातार ६ छक्का, कतारविरुद्ध २११ रनको लक्ष्य](https://annapurnapost.prixacdn.net/media/albums/dipendra1_O7D5XL1RrF_39rw2xmNyR.jpg)
काठमाडौं : दीपेन्द्र सिंह ऐरीले लगतार ६ छक्का प्रहार गरेका छन्। कतारविरुद्ध खेलको अन्तिम ओभरमा ऐरीले कमरान खानलाई लगातार ६ छक्का प्रहार गरेका हुन्। १९ बलमा अर्धशतक प्रहार गरेका उनी २१ बलमा अविजित ६४ रन बनाए।
एसीसी प्रिमियर कपको दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २१० रन बनाएको हो।
नेपालका लागि आशिफ शेखले अर्धशतक प्रहार गरे। ४१ बल खेलेका उनले ६ चौकासहित ५२ रन बनाए। त्यस्तै कुशल मल्लले ३५, रोहित पौडेलले १८, कुशल भुर्तेलले १२ रन बनाए। त्यस्तै सन्दीप जोराले ७, गुल्शन झाले ५ र विवेक यादवले ५ रन बनाएर पेभेलिय फर्किए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)