नेपालको दोस्रो विकेट पतन, रोहित पौडेल १८ रनमा आउट
![नेपालको दोस्रो विकेट पतन, रोहित पौडेल १८ रनमा आउट](https://annapurnapost.prixacdn.net/media/albums/Rohit_Paudel_of_Nepal_plays_a_shot_during_the_ICC_Mens_Cricket_World_Cup_Qualifier_Zimbab.jpg)
काठमाडौं : नेपालको दोस्रो विकेट झरेको छ। कतारका हिमांशु राथोडले कप्तान रोहित पौडेलको विकेट लिएका हुन्। पौडेल १७ बलमा १८ रन बनाएर आउट भए।
यसअघि अमिर फरुकले कुशल भुर्तेलको विकेट लिएका थिए। भुर्तेल ११ बलमा १२ रन बनाएर आउट भए।
एसीसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले कताविरुद्ध पहिले ब्याटिङ गर्दैछ। ओमानमा भइरहेको खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको हो। ८ ओभरको समाप्तिमा नेपालले २ विकेटको क्षतिमा ६७ रन बनाएर खेलिरहेको छ।
नेपालले शुक्रबार भएको पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको छ। नेपालले दोस्रो खेल पनि जित्ने दाउमा रहेको छ। कतार भने शुक्रबार हङकङसँग २६ रनले पराजित भएको थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)