भैंसे–भीमफेदी सडक, तीन घण्टामा काठमाडौं

भैंसे–भीमफेदी सडक, तीन घण्टामा काठमाडौं
सुन्नुहोस्

हेटौंडा : तीन वर्षअघि निर्माणकार्य सुरु भएको संघीय राजधानी काठमाडौं र बागमतीको प्रदेश राजधानी हेटौंडा जोड्ने भैंसे–भीमफेदी सडकखण्ड निर्माण सम्पन भएको छ।

प्रदेश गौरवको आयोजना अर्थात् गेम चेन्जर प्रोजेटको रूपमा निकै महŒवका साथ उक्त आयोजनालाई हेरिँदै आएको थियो। २०७७ असार २४ गते आशिष डीएस जेभीसँग सम्झौता भई साउन महिनाबाट निर्माणकार्य सुरु भएको उक्त सडकको स्तरोन्नतिको कार्य दुई वर्षको थप म्याद गरेसँगै तीव्र गतिमा निर्माणकार्य हुँदै आएको थियो। 

भैंसेदेखि भीमफेदीसम्मको करिब ११.५ किलोमिटर रहेको छ। सडक स्तरोन्नतिको काम भीमफेदी गाउँपालिका वडा नम्बर २,४ र ६ मा मुआब्जा विवाद लिएपछि काम रोकिएको थियो। उक्त सडकको स्तरोन्नति कार्यका लागि ४२ करोड ६५ लाख रुपैयाँ प्रदेश सरकारको खर्च भएको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका प्रवक्ता हरिप्रसाद ओझाले बताए। उक्त सडक स्तरोन्नतिको कार्य समयमा निर्माण सम्पन्न नहुँदा उक्त सडक हुँदै दैनिक आवजजावत गर्ने हजारौं सर्वसाधारणले सास्ती खेप्नु परेको थियो। यसअघि उक्त सडकखण्डमा बर्खामा हिलाम्मे सडक र हिउँदमा धुलोको सास्ती खेप्दै हिँड्नुपर्ने बाध्यता रहेको थियो। 

‘यो सडक बनेपछि हेटौंडा काठमाडौंको सडक यात्रा घटेको छ’, भीमफेदी गाउँपालिकाका— ३ का वडाध्यक्ष प्रीतालाल लामाले भने, ‘स्थानीयको दैनिकी र जीवनयापनमा पनि यो सडको स्तरीकरणपछि धेरै सहयोग पुगेको छ।’ प्रदेश सरकारले हेटौंडा काठमाडौंको दूरी साढे दुई घण्टामा सीमित गर्न कुलेखानी काठमाडौं सडक खण्डमा निर्माणकार्य जारी राखेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.