![अभिनन्दन नव वर्षको](https://annapurnapost.prixacdn.net/media/albums/happy_iIbZj1tafk_j4vmd9pgOq.jpg)
यो नयाँ सालमा नयाँ जोश होस्
जीवनमा अल्झेका पलहरू सबै सुल्झियोस्
नाता–कुटुम्व–मित्र सबैमा प्रेमको भारी वर्षा होस्
उन्नति–सिर्जनाका लहरहरू घरघरमा छाओस्
अब हातेमालो गर्नु छ, सुख–शान्तिको वर्षा गर्नु छ
तेरो–मेरो यो भाव सब त्याग्नु छ, च्यात्नु पनि छ
जसरी झर्नेछन् नयाँ वसन्तमा रुखका उदास पातहरू
उमंग लिएर पलाएका पालुवा झैं हराभरा हुनु छ
सूर्यको जस्तो शान अनि मान होस् सबैको अब
न उदाउँदाको अहम् होस् न अस्ताउँदाको रोष
अँध्यारा काला दिनहरू सबै सबै जो नाश होस्
घर–घरमा सबैको अखण्ड मंगल दीप बलोस्
सप्तरंगी इन्द्रणी झैं सबको जीवन रंगीन बनोस् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)