बेपत्ता भएका पुरुष मृत भेटिए
![बेपत्ता भएका पुरुष मृत भेटिए](https://annapurnapost.prixacdn.net/media/albums/death-mirtyu_20200921102555_bK9mcHuvNI_9B0cI8YxeJ.jpg)
धनकुटा : गत चैत २५ गतेदेखि बेपत्ता भएका साँगुरीगढी गाउँपालिका-१० का ४४ वर्षीय केशरमान राई मृत अवस्थामा फेला परेका छन्।
आफन्तले खोज तलास गर्दै जाने क्रममा सोही वडामा पर्ने साकेरा भीरमा लडेको अवस्थामा आज दिउँसो करिब ३ बजे फेला परेका हुन्।
शव पोस्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी श्यामसिंह चौधरीले बताए। प्रहरीले अनुसन्धान गरिरहेको छ। उनी घरबाटै हिँडेर बेपत्ता भएका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)