पाल्पाको पूर्वखोला गाउँपालिकाको ४३ प्रतिशत प्रगति

पाल्पाको पूर्वखोला गाउँपालिकाको ४३ प्रतिशत प्रगति
सुन्नुहोस्

तानसेन: पूर्वखोला गाउँपालिकाले ८ महिनामा ४३ प्रतिशत प्रगति हासिल गरेको छ। गत साउनदेखि फागुनसम्म पूर्वखोला गाउँपालिकाले चालु तर्फ ४६. ३१ प्रतिशत र पुँजीगत तर्फ ३५.०९ प्रतिशत बजेट खर्च गरी समग्रमा ४३.५ प्रतिशत प्रगति भएको जनाएको छ। 

जसमा आर्थिक विकासमा ३४.९२ प्रतिशत, सामाजिक विकासमा ४२.३९ प्रतिशत, पूर्वाधार विकासमा ३९.९७ प्रतिशत, सुशासन क्षेत्रमा ४०(६७ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ५३.४१ प्रतिशत रकम खर्च भएको छ।  

गाउँपालिकाले दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ गरी साउनदेखि फागुनसम्म भएका सम्पूर्ण गतिविधि सार्वजनिक गरेको हो। यसैगरी दोस्रो चौमासिकसम्म विभिन्न उपशीर्षकमा पशु विकासमा ४० प्रतिशत, शिक्षा युवा तथा खेलकुदमा ४९.४९ प्रतिशत, स्वास्थ्यमा ३६.४७ प्रतिशत, कृषिमा ४३.९८ प्रतिशत, गाउँपालिकाको ४२.०८ प्रतिशत खर्च भएको पालिकाले सार्वजनिक गरेको छ। 

पालिकाले ८ महिनाको अवधिमा १ सय १५ वटा गरिव परिचयपत्र वितरण गरेको, ६ वटा वडामा ३० जना मेलमिलापकर्ताबाट सामाजिक रुपमै विमेल भएका स्थानमा मेलमिलाप अभियान चलाउँदै आएको, चालु आर्थिक वर्षमा पूर्वखोलामा ७ वटा न्याययिक मुद्दा परेकोमा २ वटा मिलापत्र भएको, दुई वटा जिल्लामा पठाएको, २ वटा प्रक्रियामा रहेको १ वटा तामेलीमा गएको छ। 

१८ वटा अपांग परिचयपत्र वितरण गरेको, ३० लाख ७१ हजार रुपैयाँ राजश्व संकलन भएको, पालिका भित्र ४५ वटा व्यवसाय दर्ता र १३२ वटा नवीकरण भएका पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले जानकारी गराए। 

पूर्वखोला गाउँपालिकाले दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ  पालिका केन्द्र नराखी वडा नम्बर १ सिलुवामा राखेको हो। फरक फरक स्थानका जनताका फरक फरक आवाज, सुझाव जिज्ञासा, गुनासाहरू लाई सुनी, सोही अनुसार कार्यान्वयनका लागि घुम्ती सार्वजनिक सुनुवाइ अभियान सुरु गरेको पालिका अध्यक्ष नुनबहादुर थापाले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.