रवि लामिछानेलाई नै केन्द्रमा राखेर छानबिन समितिको माग गरिएको छ, त्यो मिल्दैन : प्रधानमन्त्री

रवि लामिछानेलाई नै केन्द्रमा राखेर छानबिन समितिको माग गरिएको छ, त्यो मिल्दैन : प्रधानमन्त्री
सुन्नुहोस्

‘पहिले हामीसँगै कांग्रेस सरकारमा थियो, अहिले सरकारबाट निस्केपछि राखेको माग राजनीतिक पूर्वाग्रहमा आधारित छ।’

मोरङ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेलाई नै केन्द्रमा राखेर कांग्रेसले माग गरेको समिति गठन गर्न नसकिने बताएका छन्। विराटनगर  पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा देखिएको गत्यावरोध अन्त्य गर्नका लागि राजनीतिक तहमा संवाद सुरु भएको र चाँडै समाधान हुने बताएका हुन्।

उनले सहकारीसँग सम्बन्धित समग्र विषयको अलगै र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछाने विषय अलगै अध्ययन गरेर समस्याको समाधान गर्न सकिने बताए ।

‘अहिले रवि लामिछानेलाई नै केन्द्रमा राखेर समितिको माग गरिएको छ, त्यो मिल्ने कुरो छैन’, प्रचण्डले भने, ‘मैले सदनमा जवाफ दिँदा अनुसन्धानकर्तादेखि सम्बन्धित निकायका प्रमुख र सम्बन्धित जिल्लाका अधिकारीसँग के हो यो ‘केस’ भनेर सोधेको थिए । उहाँहरूले यस ‘केस’मा रविजीलाई अनुसन्धान गर्ने ठाउँ छैन भन्नुभयो, सोही आधारमा मैले बोलेको हुँ ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले प्रतिपक्ष दलले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्नेभन्दा पनि गठबन्धन फेरिएपछि राजनीतिक मुद्दा बनाइएको उल्लेख गरे। उनले भने , ‘पहिले हामीसँगै कांग्रेस सरकारमा थियो, त्यतिखेर यो मुद्दा सामान्य थियो, सरकारबाट निस्केपछि रविजीलाई केन्द्रमा राखेर समितिको माग गरिएको छ, यो राजनीतिक पूर्वाग्रहमा आधारित छ ।’ उनले पछिल्लो राजनीतिक  समीकरण भत्काउन गरिएको प्रयास सफल नहुने स्पष्ट पारे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.