चिकित्सा शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक, त्रिविका तत्कालीन उपकुलपतिसहित ७ जनामाथि कारबाही सिफारिस

चिकित्सा शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक, त्रिविका तत्कालीन उपकुलपतिसहित ७ जनामाथि कारबाही सिफारिस
सुन्नुहोस्

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग‍-२०७४’को प्रतिवेदन सार्वजनिक गरेको छ। आयोगले बुझाएको प्रतिवेदन छ वर्षपछि आज मन्त्रालयले सार्वजनिक गरेको हो।

चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता, सम्बन्धन, प्रवेश परीक्षा, भर्ना, शुल्क र गुणस्तरका क्षेत्रमा देखिएका समस्याबारे समाधानका उपायसहितको प्रतिवेदनको सिफारिस अनुसार तत्काल कार्यान्वयन सुरु हुने मन्त्रालयले जनाएको छ। 

राजपत्रमा सूचना प्रकाशित गर्दै विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा सरकारले चिकित्सा शिक्षाका विकृति विसङ्गतिको जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन तयार गर्न आयोग गठन गरेको थियो। मन्त्रालयले सिफारिसअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने बताएको छ। 

आयोगले त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति प्राडा तीर्थ खनियासहित ७ जना कार्यकारी परिषदका पदाधिकारीहरूलाई कारबाही सिफारिस गरेको छ। कारबाही सिफारिसमा पर्नेहरूमा रेक्टर डा. सुधा त्रिपाठी, रजिष्ट्रार डिल्ली उप्रेती, विज्ञान संकाय डीन रामप्रसाद खतिवडा, कानुन संकाय डीन डा ताराप्रसाद सापकोटा, राजेन्द्र पौडेल र हरि पराजुली छन्। 

प्रतिवेदनको पूर्ण पाठ:


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.