वैशाख ६ गते कोशीमा विशेष अधिवेशन बोलाइयो
![वैशाख ६ गते कोशीमा विशेष अधिवेशन बोलाइयो](https://annapurnapost.prixacdn.net/media/albums/koshi-pradesh-sabha_6O6dxSSNUG_5soWpVQhZa.jpg)
विराटनगर : प्रदेश प्रमुख पर्शुराम खापुङले अगामी वैशाख ६ गते कोशी प्रदेशसभाको विशेष अधिवेशन बोलाएका छन्। एक चौथाई प्रदेशसभाका सदस्यहरुले प्रदेश प्रमुख खापुङलाई बुझाएको पत्रको अधारमा विशेष अधिवेशन बोलाएका हुन्।
बैठक दिउँसो १ बजे प्रदेशसभा हलमा बस्ने भनिएको छ।
‘कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाई भन्दा बढी प्रदेशसभा सदस्यहरुको मिति २०८०।१२।२६ गतेको लिखित अनुरोधमा प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम संवत् २०८१ साल वैशाख ६ गते बिहीबार दिनको १:०० बजे कोशी प्रदेशसभा हल, विराटनगरमा कोशी प्रदेशसभाको अधिवेशन आव्हान गर्नुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)