ढल्केवरमा भइरहेको लोडसेडिङप्रति उद्योगीको आपत्ति

ढल्केवरमा भइरहेको लोडसेडिङप्रति उद्योगीको आपत्ति

ढल्केवर(धनुषा) : नेपाल विद्युत प्राधिकरणको ठूलो सबस्टेशन रहेको धनुषाको ढल्केवर क्षेत्रमा भइरहेको विद्युत लोडसेडिङप्रति उद्योगीहरूले आपत्ति जनाएका छन्। 

उद्योगीहरूको संगठन मधेश प्रदेश उद्योग परिसंघले मंगलबार नेपाल विद्युत प्राधिकरणको ढल्केवर ग्रीड शाखालाई ज्ञापनपत्र बुझाउँदै विगतमा प्राधिकरणले गरेको सहमति कार्यान्वयन गर्न अनुरोध गरेको छ।

प्राधिकरणले ढल्केबर क्षेत्रभित्र पब्लिक र औद्योगिकका लागि विद्युत लोडसेडिङ नपर्ने र कटौती नहुने गरी सहमति गरेको विगत छ। तर उक्त सहमतिलाई लत्याएर हाल ढल्केवर क्षेत्रभित्र पब्लिक र उद्योग सञ्चालनको विद्युत पनि दैनिक १२ घण्टासम्म लोड सेडिङमा राखिँदा यहाँका जनता र उद्योगी मार्कामा परेको ज्ञापनपत्रमा उल्लेख छ। प्राधिकरण आफैंले गरेको सहमति उल्लंघन नगरी ढल्केवरमा विद्युत नकाट्ने नीति यथा अवस्था गरी दिन उनीहरूले अनुरोध गरेका छन्। 

ढल्केवर क्षेत्रमा विद्युत कटौती नगर्ने सहमति कार्यान्वयन नगरे आन्दोलनको चेतावनी दिँदै उद्योगीहरूले प्राधिकरणलाई सचेत गराएको छ। यता ज्ञापनपत्र बुझ्दै नेपाल विद्युत प्राधिकरण ढल्केवर ग्रीड शाखा प्रमुख इन्जिनियर मनोज साहले विद्युत अपग्रेड गर्ने कार्य चलेकोले केही समयका लागि बाध्यतावस विद्युत काट्नुपरेको उल्लेख गरे। ‘अपग्रेड कार्य सकिए पछि यो समस्या स्वतः हट्छ। तर पनि तत्काल पब्लिक तथा उद्योगीहरूको समस्या हेरी तालिका बनाउँछौँ,’ उनले भने। 

प्रमुख साहले ढल्केवर फिडरमा विद्युत नकाट्ने विषयमा माथिल्लो कार्यालयसँग छलफल गर्ने प्रतिबद्धता समेत जनाएको परिसंघका कार्यकारी निर्देशक दीपक लामाले अन्नपूर्णलाई बताए। ज्ञापनपत्र बुझाउने क्रममा मधेश प्रदेश उद्योग परिसंघका अध्यक्ष प्रमोद कुमार साह, उपाध्यक्ष लक्ष्मीनारायण यादव, उद्योगी उमेश साह लगायतको उपस्थिति रहेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.