अमेरिकाको फ्लोरिडामा गोली चल्दा २ जनाको मृत्यु, ७ घाइते

अमेरिकाको फ्लोरिडामा गोली चल्दा २ जनाको मृत्यु, ७ घाइते

वासिङटनडिसी : संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको उपनगर ‘मियामीमा’ गोली चल्दा दुई जनाको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएको स्थानीय कानून प्रवर्तन अधिकारीले बताएका छन् ।

 
मियामीको मनोरञ्जनस्थल सिटीप्लेस डोरालको बारमा बिहान सबेरै ग्राहकहरूबीच झगडा भएपछिसुरक्षा गार्ड, प्रहरी अधिकारी र बन्दुकधारीबीच गोली हानाहान भएको थियो ।

उक्त घटनामा बन्दुकधारी र सुरक्षा गार्डको मृत्यु भएको छ । डोराल शहरका एक प्रहरी अधिकारी र अन्य छ जनालाई गोली लागेको छ । 

घाइते प्रहरी अधिकारीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ भने दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

डोराल प्रहरी र सङ्घीय कानून प्रवर्तन विभागले सशस्त्र आक्रमणसम्बन्धमा अनुसन्धान भइरहेको सामाजिक सञ्जालमार्फत प्रहरीले जानकारी दिएको छ । 

अमेरिकी देशहरूमा बन्दुकबाट हुने मृत्युको सङ्ख्या सबैभन्दा धेरै  रहेको छ । बन्दुक हिंसा अभिलेखअनुसार सन् २०२४ मा हालसम्म अमेरिकामा बन्दुक आक्रमणबाट चार हजार २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने सात हजार ५०० भन्दा बढी घाइते भएका छन् ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.