बेनी-जोमसोम सडक ५ घण्टापछि खुल्यो

बेनी-जोमसोम सडक ५ घण्टापछि खुल्यो

जोमसोम :  उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम ७६ किमी सडकअन्तर्गत जोमसोममा भासिएको अवरुद्ध सडक ५ घण्टापछि साँझ खुलेको छ। सडक आइतबार बिहान भासिएको थियो।

जोमसोमको मुख्य राजमार्ग सडकको एक सय मिटर जमिन भासिएको थियो। सडक भासिँदा जोमसोम-मुक्तिनाथ र उपल्लो मुस्ताङ जाने सयौं सवारी साधन जोमसोममा अलपत्र परेका थिए। 

गौरवको सडक अन्तर्गत बेनी-जोमसोम ७६ किमी सडकको चौथो खण्ड खन्तीदेखि जोमसोम पक्की पुलसम्मको दुरीमा पर्ने घरपझोङ-४ जोमसोमको मुस्ताङ अस्पताल नजिकको सडक यसअघि पनि भासिने गरेको थियो।

जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, प्रहरी, जनप्रतिनिधि र निर्माण व्यवसायीको पहलमा अवरुद्ध जोमसोम सडक खुलाइएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.