पञ्चकन्या व्यापार पर्यटन मेला सुरु

पञ्चकन्या व्यापार पर्यटन मेला सुरु

नुवाकोट : नुवाकोटको पञ्चकन्या गाँउपालिकामा प्रथम पञ्चकन्या व्यापार मेला तथा पर्यटन महोत्सव सञ्चालन भएको छ। ११ दिने महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले उद्घाटन गरेका  हुन्। 

महोत्सवको उद्घाटन गर्दै मन्त्री तामाङले विभिन्न किसिमका मेला महोत्सवहरुको आयोजनाले हराउँदै गएको कला, संस्कृति र मौलिकपनको जगेर्नाका लागि सहयोग पुग्दै आएको बताएका छन्। मन्त्री तामाङले मेला महोत्सवको माध्यमबाट आन्तरिक पर्यटकको चहलपहल बढ्नुका साथै बजार चलायमान बनाउनको लागि सहज हुनेसमेत बताए। 

महोत्सवको उद्धघाटन कार्यक्रममा पञ्चेबाजा, लामा नाँच, लाखे नाँचका साथै भजन मण्डलीद्वारा भजन प्रस्तुत गरिएको थियो।  पञ्चकन्या २ को आयोजनामा बोजिनीफाँटमा सञ्चालन भएको प्रथम व्यापार, कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव बैशाख ३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

उद्धघाटन कार्यक्रममा बागमती प्रदेश सभा सदस्य रमेशकुमार महत, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रबिक्रमसिंह ठकुरी, लिखु गाँउपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ, पञ्चकन्या गाँउपालिकाका अध्यक्ष तेजबहादुर तामाङ रमेश, उपाध्यक्ष बिमला केसी, पञ्चकन्या गाँउपालिकाका ५ वटै वडाका अध्यक्षहरु, पालिकास्तरिय जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो।   
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.