![यो गीतको मेटाफर](https://annapurnapost.prixacdn.net/media/albums/action-mukti_h4rE3agItY_pYsFhMA918.jpg)
संसारभरि फैलिएका गालीहरू
मलाई मेरै मनको हिस्सा दिएर बनाएको कवि
सेलीमा
आउँदैछ मैले मन पराएको युवा आए झैं
आँधी तुफानमा
एक्लो छु
हुरी बताससित छु
दिनको सामुन्ने उभिएको छु
हेर्न सक्दिनँ नाराका
प्रत्येक मान्छेले छातीमा
पोस्टर टाँसेको
मैले पर्छ सहरको यो
मुर्दावाद हटाउन
एउटा मलाई बचाउन
राजनीति गर्नेको मात्र
यहाँ छन्
जन्ती र मलामी
राजनीति गर्नेको मात्र
यहाँ छन् परेड
र सलामी
एकचोटि आगो हुन चाहन्छु
आगो हुन
आफैं बल्नु पर्छ
मलाई आर्यघाटले जलाउन दिन्नँ
म जलाउँछु एक दिन आर्यघाट
म एक दिन यो सहरका
एक्लो मान्छेको शासन चलाउँछु
लुट्न दिन्नँ यस बेला मलाई
भोलि मेरो कविताको जन्मदिन छ
मरें भने आज
माफी दिन्नँ चिहानलाई ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)