दोलखामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

दोलखामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु,  चार घाइते
सांकेतिक तस्बिर।

दोलखा : कालिन्चोक गाउँपालिका–२ बाबरेमा  ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। 

बाबरेबाट सिगटीतर्फ आउदै गरेको लु ३ त १७१४ नम्बरको ट्याक्टर भूमिखोला नजिकै शुक्रबार बिहान ३५ मिटर तल खेतमा झरेर दुर्घटना हुँदा ३६ वर्षीया सन्चिमाया थामीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

ट्याक्टरमा सवार ६ जनामध्ये एक जनाको घटनास्थल मै मृत्यु भएको र ४ जना गम्भीर घाइते भएका हुन्। घाइतेहरूमा १७ वर्षीया अस्मिता थामी, ३० वर्षीया कुमारी थामी,१९ वर्षीय टुकी थामी,२० वर्षीय निसा थामीको उद्धार गरी थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार ट्याक्टर चालक २२ वर्षीय अवराम थामी प्रहरीको नियन्त्रणमा रहेका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.