रिपोर्टिङमा गएका पत्रकारले जब आफ्नै बुवाको शव देखे...

रिपोर्टिङमा गएका पत्रकारले जब आफ्नै बुवाको शव देखे...

धनगढी : कृष्ण विष्ट अन्नपूर्ण पोस्ट् र एपीवान टेलिभिजनका बैतडी सम्वाददाता हुन् । उनी बैतडीको सूचनामा दख्खल राख्ने व्यक्ति पनि हुन् । विष्ट स्थानीय सेभेन स्टार रेडियोमा समाचार प्रमुख छन् । रेडियोको बिहानको समाचार बनाउने र वाचनको ड्युटी उनकै हुन्छ । 

शुक्रबार एका बिहानै उनी रेडियोमा गए । खोड्पेबाट बझाङ जाने सडकमा ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु भएको खबर आयो । उनले प्रहरीलाई घटनाको सबै विवरण मागे । प्रहरीले ट्याक्टर दुर्घटनाको सबै विवरण दियो पनि । प्रहरीले दिएको सूचनामा  ट्याक्टर चालक राजेश चौधरी र एकजना सनाखत हुन नसकेको व्यक्तिको मृत्युको खबर उनले आफै लेखे पनि।

त्यो खबर आफ्नो रेडियोमा पढे । अन्नपूर्ण पोस्टको अनलाइनमा पनि पठाए । एपीवान टेलिभिजनको जिल्ला ब्युरोको फेसबुक ग्रुपमा उनले फोटो भिडियो पनि पठाए । समाचार अनलाइनमा प्रकाशित भयो,टीभीमा बज्यो । तर, कृष्णको पत्रकारिताप्रतिको सक्रियता त्यत्तिकैमा सकिएन । उनले घटनास्थल जाने निधो गरे ।

घटनाको प्रारम्भिक खबर सबैतिर फैलिसकेको थियो । मोटरसाइकल समाते र घटनास्थलतिर लागे । उनी घटनास्थल नजिकैको खोडपे बजारमा बस्छन् । उनले काम गर्ने स्थानीय रेडियो पनि खोड्पे बजारमै छ । खोड्पेबाट झण्डै ६/७ किलोमिटरको दुरीमा रहेको दुर्घटनास्थल झौलेक मोडमा उनी पुगे । 

उनले पहिला दुर्घटनाग्रस्त ट्याक्टरको तस्बीर खिचे । चालक र नजिकैको रुखमा अंगालो हालेर रक्ताम्य भएका सनाखत हुन नसकिएका भनिएका व्यक्तिको पनि तस्बिर आफ्नो क्यामेरामा कैद गरे। दुर्भाग्यवस् रुखलाई अंगालो हालेर रक्ताम्म अवस्थामा भेटिएका व्यक्ति अरु कोही नभइ उनकै बुवा मन्धीर विष्ट हुन्छन्।  उनले तस्बिर खिचेर सडकमा आइसकेपछि मात्रै त्यो तस्बिर बुवाको नै भएको थाहा पाएका थिए।

दुर्घटनामा घाइते भएकाले उनले गुहारका लागि रुखलाई अंगालो हालेको अनुमान लगाउन सकिन्छ।  आसपासमा रगत धेरै बगेको थियो । उनले त्यो रक्ताम्य शरीर आफ्नै बुवाको होला भनेर कल्पना गर्ने कुरै भएन।  किनकी उनका बुवा काठको ठेक्कापट्टाको काम गर्न केहीदिन अघि फिल्डमा गएका थिए।

घर फर्किने क्रममा पक्की सडकमा दुर्घटना भएको थियो । उनका बुवाले आफू घर आइरहेको खबर पनि गरेका रहेनछन्।  घटनाको रिपोर्टिङ सकेर सडकमा आएपछि कृष्णले बुवा भएको थाहा पाएको घटनास्थलमा रहेका अर्का पत्रकार सिपि लोहियाले बताए।

लोहियाले भने,' ‘आफैले रिपोर्टिङ गरेर सडकमा आएपछि सनाखत हुन नसकेका व्यक्ति आफ्नै बुवा हुन् भन्ने थाहा पाए । अनी ऊ (कृष्ण) सडकमै ढल्यो । सम्हाल्न गाह्रो भइरहेको छ ।’

५५ वर्षीय विष्ट खोडपे आसपासको सामुदायीक बनमा काठको ठेक्कापट्टा गर्थे। कहिले घर त कहिले बनतिर हुने भएकाले उनको घर आउनेजाने ठेगाना हुँदैनथ्यो। ‘घर आउने खबर गरेको भए सायद दुर्घटनाको जानकारी राति नै आउने थियो । खोजतलास गर्दा घाइते भएका बुवा बचाउन सकिन्थ्यो, 'पत्रकार लोहियाले भने,' ‘पत्रकार,आफैले मृत्यु भएका बुवाको शवको रिपोर्टिङ गरे ।’

प्रहरीले गाडीलाई साइड दिने क्रममा किनारातिर रहेको ट्याक्टर खसेको हुनसक्ने अनुमान गरेको छ । दुर्घटना भएको ठाउँ नजिकको भित्तातिर गाडी घस्रिएको निसान रहेको प्रत्यक्षदर्शीले बताएका छन् । 

सुर्नयाबाट खोडपे गइरहेको से २ त ३६७८ नम्बरको टयाक्टर बिहीबार राति ११ बजेतिर जयपृथ्वी सिंह राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको थियो । सोही दुर्घटनामा पत्रकार कृष्णका बुवा र चालक राजेश चौधरीको ज्यान गएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.