सुदूरपश्चिमका मुख्यमन्त्री शाह कामचलाउ,आजै नयाँ सरकार गठनको आह्वान हुने

सुदूरपश्चिमका मुख्यमन्त्री शाह कामचलाउ,आजै नयाँ सरकार गठनको आह्वान हुने
तस्बिर : अन्नपूर्ण

धनगढी : मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख नजीर मीयाले मुख्यमन्त्री शाहले बिहीबार बेलुकी दिएको राजीनामा शुक्रबार स्वीकृत गरेका हुन् । प्रदेश प्रमुखले अर्को सरकार नबन्दासम्म उनलाई नै मुख्यमन्त्रीको जिम्मेवारी तोकेका छन् ।

प्रदेश प्रमुखको सचिवालयले दिएको जानकारी अनुसार आज नै नयाँ सरकार गठनको आह्वान हुनेछ । प्रदेश प्रमुख मीयाले संविधानको धारा १६८ (२) अनुसार नै सरकार आह्वान गर्ने सम्भावना रहेको छ । 
यस धारामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउने दाबी गर्न सकिन्छ ।

 यसअघि एमालेका राजेन्द्र सिह रावल यस धारा अन्तर्गत मुख्यमन्त्री बनेका थिए । उनले ३० दिनभीत्र विश्वासको मत प्राप्त गर्न नसकेपछि संविधानको धारा १६८ (३) अनुसार कमल बहादुर शाहको नेतृत्वको सरकार बनेको थियो । 

शाहले राजीनामा दिएपछि फेरि संविधानको धारा १६८ (२) अनुसार नै सरकार गठनको आह्वान हुने सम्भावना बढेको छ । ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा अहिले ५२ जना छन । काँग्रेसका एकजना प्रदेश सभा सदस्यको निधन भएको थियो । प्रदेश सरकार बनाउनका लागि २७ प्रदेश सभा सदस्यको बहुमत चाहिन्छ । 

प्रदेश सभामा कांग्रेस १८, माओवादी सभामुख सहित ११, एमाले उपसभामुख सहित १०, नागरिक उन्मुक्ति पार्टी ७ (१ जना कारवाही), समाजवादी ४, राप्रपा १ र स्वतन्त्र १ सांसद छन । 

शीर्ष नेताहरुबीच सुदूरपश्चिममा समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएपनि नागरिक उन्मुक्ति भित्रको विवादका कारण अहिले नै मुख्यमन्त्री कसले दाबी गर्ने भन्ने कुराको टुंगो भने लागिसकेको छैन । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.