विश्वासको मत लिन नसकेपछि गण्डकीका मुख्यमन्त्रीले दिए राजीनामा

विश्वासको मत लिन नसकेपछि गण्डकीका मुख्यमन्त्रीले दिए राजीनामा
प्रदेश प्रमुख डिल्लीराज भट्टराईलाई राजीनामा बुझाउँदै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे। तस्बिर : अन्नपूर्ण

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्। विश्वासको मत लिन नसक्ने भएपछि उनले पदबाट राजीनामा दिएका हुन्। सत्ता गठबन्धनमा उलटपुलट आएपछि माओवादी केन्द्रले फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

 उनले प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष राजीनामा बुझाएका छन्।

मुख्यमन्त्री पाण्डेले बिहीबार (भोलि)सम्म विश्वासको मत लिनुपर्ने थियो। विश्वासको मत लिने वातावरण नभएपछि उनी राजीनामा दिने मनस्थितिमा पुगेका हुन्।

पछिल्लो समय सरकार टिकाउनका लागि मुख्यमन्त्री पाण्डेले विवादास्पद छविका एकीकृत समाजवादीका सांसद  राजीव गुरुङ  (दिपक मनाङे)लाई भौतिक पूर्वाधार मन्त्री बनाएका थिए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.