जोमसोम विमानस्थलमा एक्सरे मेसिन जडान

जोमसोम विमानस्थलमा एक्सरे मेसिन जडान
सुन्नुहोस्

जोमसोम : मुस्ताङको जोमसोम विमानस्थलमा हवाई यात्रुहरूको लगेज चेकजाँच गर्ने एक्सरे उपकरण जडान गरिएको छ। नेपाल नागरिक उड्यन प्राविधिकरणले मुस्ताङको जोमसोम विमानस्थलमा पहिलो पटक हवाई यात्रुको सामान चेकजाँच गर्ने एक्सरे मेसिन सञ्चालनमा ल्याएको हो।

नेपाल नागरिक उड्यन प्राविधिकरणले जोमसोम विमानस्थलका लागि एक थान एक्सरे मेसिन र त्यसलाई चाहिने एक थान डुएट भ्यु कम्प्यूटर सेट पठाएपछि आइतबारदेखि  जोमसोम-पोखरा हवाई यात्रुको स-सामान एक्सेर मेसिन मार्फत चेंकजाँच गर्न थालिएको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख हिरोण शाहले जानकारी दिए।

यसअघि मुस्ताङको जोमसोम विमानस्थलमा त्यहाँ कार्यरत सुरक्षाकर्मीले निकै लामो समय खर्च गरी सामान्य तरिकाले हवाई यात्रुको सामान र झोला चेकजाँच गर्ने गरिन्थ्यो। विमानस्थलमा सुरक्षाकर्मीले हातैले खोतलेर यात्रुहरूले लैजाने झोला र सामान चेकजाँच गर्दा त्यहाँ कार्यरत सुरक्षाकर्मी र हवाई यात्रुलाई समेत निकै सास्ती हुने गर्थ्यो। जोमसोम विमानस्थलमा एक्सरे मेसिन सञ्चालनमा आएसँगै जोमसोम-पोखरा हवाई यात्रु, विमानस्थलका कर्मचारी र सुरक्षाकर्मी लगायतलाई निकै ठूलो सहयोग पुगेको विमानस्थल कार्यालयका प्रमुख शाहको भनाइ छ।

मेसिन जडान भएसँगै त्यहाँ कार्यरत सुरक्षाकर्मीहरूलाई सामान चेक जाँच गर्ने विधिका विषयमा बेसिक तालिम दिन थालिएको कार्यालय प्रमुख शाहको भनाइ छ। उनले एक्सरे मेसिनमा राखेर उपकरणको सहायताले कम्प्युटर स्क्यान गरेपछि यात्रुलै ओसार -पोसार गर्ने सामानको भेरीफाई हुँने बताए।
 
हिमाली जिल्ला मुस्ताङको हवाई सुरक्षालाई चुस्त राख्न जोमसोम विमानस्थल परिसर भित्र र बाहिर ८ वटा सीसीटीभी जडान भइसकेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.