गुल्मीमा दुई दिनमा तीनजना मृत्यु

गुल्मीमा दुई दिनमा तीनजना मृत्यु
सुन्नुहोस्

गुल्मी : गुल्मीमा दुई दिनको अन्तरालमा छुट्ट–छुट्टै प्रकृतिका घटनामा तीन जनाको मृत्यु भएको छ। जिल्लाको गुल्मीदरबार गाउँपालिका –२ निवासी १२ वर्षका प्रिन्स सारु बडीगाड खोलामा मृत फेला परेका हुन् । 

बडिगाड खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बालक शनिबार दिउँसो बडीगाड खोलाको सोता भन्ने स्थानमा पौडीखेल्ने क्रममा बेपत्ता भएका थिए । वेपत्ता बालकलाई प्रहरी र स्थानीयले आइतबार बिहान खोज्ने क्रममा शव फेला पारेको प्रहरीले जनाएको छ । पौडी खेलेकै स्थानमा फेला परेका बालकको शबलाई पोष्टमार्टको लागि गुल्मी अस्पतालमा ल्याईएको छ । 

त्यस्तै जिल्लाको सत्यवती गाउँपालिका–६ का ४८ वर्षका घनश्याम भण्डारी मृत फेला परेको प्रहरीले जनाएको छ । उनी शनिबार दिउँसो घरबाट हिँडेका थिए । बेलुकासम्म सम्पर्कमा नआएपछि खोज तलास गर्ने क्रममा आइतबार बिहान सोहि गाउँपालिकाका –५ को हंसरा स्थित रुम्दाखोल्सामा घोप्टो अबस्थामा शव फेला परेको थियो ।

मृतक भण्डारीले अत्यधिक मदिरा सेवन गर्ने बानी रहेको प्रहरीले जनाएको छ । मृतक भण्डारी बिगत लामो समयदेखि आफना दाजुसँगै बस्दैआएका थिए । घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक अनिल थापाको कमाण्डमा प्रहरी खटिएको छ । मृतकको श्रीमती (२ छोरी, १ छोरासहित) माइतीघर चितवनमा बस्ने गरेको  बुझिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीले जानकारी दिए ।  

त्यस्तै जिल्लाको मुसिकोट नगरपालिका–४ का २१ वर्षीय सन्दिप कुमालको खोलामा डुबेर मृत्यु भएको छ । उनी  शुक्रबार दिउँसो वडिगाड खोलामा माछा मार्नको लागि जाल हान्नेक्रममा अचानक खोलामा डुवेका थिए । उनलाई १५ वर्षीय पवन कुमालले स्थानीयलाई खबर गरेर उद्धार गरेका थिए । 

अचेत अवस्थामा रहेका कुमाललाई उपचारको लागि लुम्बिनी प्रभास हस्पिटल लगिएको थियो । उनको उपचारको क्रममा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 


 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.