‘मुलुकको आर्थिक विकासका लागि पुँजीगत खर्च बढाउनुपर्छ’

‘मुलुकको आर्थिक विकासका लागि पुँजीगत खर्च बढाउनुपर्छ’
सुन्नुहोस्

ढल्केवर(धनुषा) : नेपाल उद्योग परिसंघका केन्द्रीय अध्यक्ष राजेश कुमार अग्रवालले मुलुकको आर्थिक विकासका लागि पूँजीगत खर्च बढाउनुपर्ने बताएका छन्। धनुषाको ढल्केवरमा आयोजित नेपाल उद्योग परिसंघ मधेश प्रदेशको प्रथम साधारणसभालाई सम्बोधन गर्दै उनले पुँजीगत खर्च बढ्न नसक्दा विकास निर्माणका कार्यहरू अगाडि बढ्न नसकेको जिकिर गरे। अध्यक्ष अग्रवालले भने ‘चालु आर्थिक वर्षको साढे ८ महिना पूरा हुँदा पुँजीगत खर्च ज्यादै न्यून छ। यस अवधिसम्म ३० प्रतिशत पनि पूँजीगत खर्च भएको छैन। अर्थतन्त्रलाई प्रभावकारी रुपमा चलायमान बनाउन विकास निर्माणलाई तीव्रता दिँदै समग्र आर्थिक विकासका लागि पूँजीगत खर्च बढाउनुपर्ने हुन्छ।’

अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योगी व्यवसायीहरूले भोग्दै आइरहेको समस्या समाधान गर्न मौद्रिक नीति थप लचिलो हुनुपर्ने, विकास निर्माणका गतिविधि बढाइनुपर्ने उनको भनाई छ। मुलुकको अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा रहेको उनले बताए। सरकार, राजनीतिक दल, कर्मचारीतन्त्र, नियामक निकाय सबैको ध्यान अर्थतन्त्र सुधारमा केन्द्रित हुनुपर्ने समय रहेको अध्यक्ष अग्रवालको तर्क छ।

लगानीलाई प्रोत्साहन गर्न विद्यमान कानुनहरूमा सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले अर्थतन्त्रको विकासका बाधक बनिरहेका कानुनहरू संशोधन गर्न सरकार सहमत भएपनि त्यसको गृहकार्य ज्यादै सुस्त भएको बताए। अध्यक्ष अग्रवालले स्वदेशी वस्तुहरूको अधिकतम प्रयोग र प्रयोगका लागि प्रोत्साहन गर्ने नीतिले मात्रै मुलुकको अर्थतन्त्रलाई बलियो बनाउने दावी गरे। आगामी बजेटले स्वदेशी उद्योगहरूको प्रवर्द्धन गर्ने रणनीति लिनुपर्ने आवश्यकता माथि अध्यक्ष अग्रवालले जोड दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.