लोकेश र आरिफको उत्कृष्ट इनिङका बावजुद आयरल्यान्ड 'ए'सँग हार्‍यो नेपाल 'ए'

लोकेश र आरिफको उत्कृष्ट इनिङका बावजुद आयरल्यान्ड 'ए'सँग हार्‍यो नेपाल 'ए'
सुन्नुहोस्

काठमाडौं : नेपाल ए २१ रनले पराजित भएको छ। टियु क्रिकेट मैदानमा शुक्रबार भएको टी-२० शृंखलाको पहिलो खेलमा नेपाल ए आयरल्यान्डसँग २१ रनले पराजित भएको हो।

लोकेश बम र आरिफ शेखले उत्कृष्ट पारी खेल्दै नेपाललाई जित नजिक पुर्‍याए पनि अन्तिमका ६ खेलाडीको ब्याट नचल्दा नेपाल पराजित भएको हो। अन्तिम ६ जना खेलाडीले ६ रन मात्र बनाएका थिए।

किरन ठगुन्ना २, बासिर अहमद ३ र सागर ढकाल १ रन बनाउँदा रासिद खान, कम ऐरी र हेमन्त धामी शून्य रनमै आउट भए।

त्यसअघि लोकेश र आरिफले ४६ बलमा १२१ रनको उत्कृष्ट पारी खेलेका थिए। लोकेश बम शतकसहित १०६ रनमा आउट हुँदा आरिफ ४९ रनमा आउट भए। त्यस्तै कप्तान विनोद भण्डारीले १६ र अर्जुन घर्तीले ३ रन बनाउँदा देव खनाल शून्य रनमै आउट भएका थिए।

यसअघि टस हारेर ब्याटिङ गरेको आयरल्यान्ड एले निर्धारित ओभरको खेलमा ५ विकेट गुमाएर २२२ रन बनाएको थियो। आयरल्यान्डका लागि  पिटर मुरले सर्वाधिक ४९ रन बनाए। त्यस्तै केड कारमिचेलले ३८, स्टेफेन दोहनीले ३४, निल रकले ३८ र ग्रेथ डीलेनीले अविजित ३० रन बनाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.