निषेधको होइन, सहकार्यको राजनीति गर्नुपर्छ : केपी ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निषेधको नभई सहअस्तित्व र सहकार्यको राजनीति गर्नुपर्ने बताएका छन्।
बिहीबार झापाको बिर्तामोडमा नेकपा एमाले झापाको ११औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै ओलीले सहअस्तित्व र सहकार्यको राजनीति गर्नका लागि कांग्रेसलाई सिकाउनुपर्ने समेत बताए। कांग्रेसले सदैव अस्वस्थ र दमनकारी ढंगले प्रतिस्पर्धा गर्ने गरेको उनको भनाइ छ।
ओलीले देशको विकास, सुशासनलगायत समृद्ध नेपाल सुखी नेपालीको मार्गलाई साकार पार्ने अभिभारा एमालेको रहेको धारणा राखे। अध्यक्ष ओलीले मिसन चौरासीमा एमालेले एकल बहुमत बनाउने दाबी गरे।
उनले झापा देशकै विशेष जिल्ला भएको भन्दै यस क्षेत्रले राजनीतिक उचाईँ कायम राख्नुपर्नेमा जोड दिए।