एसईईका लागि मुस्ताङ र मनाङमा एक-एक वटामात्रै परीक्षा केन्द्र
जोमसोम : माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मुस्ताङबाट १८८ जना र मनाङबाट ४० जना परीक्षार्थी सहभागी हुने भएका छन्। यसवर्ष एसईईमा मुस्ताङबाट नियमित, प्राविधिक धार र खुला गरी १८८ जना र मनाङबाट नियमित ३७ जना र खुल्ला ३ जना गरी ४० जना एसईईको खुल्ला परीक्षामा सामेल हुँदैछन्।
हिमाली जिल्ला मुस्ताङको जोमसोमस्थित जनहित माविमा एकमात्र एसईई परीक्षा केन्द्र तोकिएको छ भने हिमाली जिल्ला मनाङमा लोकप्रिय मावि चाँमेमा एकमात्र परीक्षा केन्द्र तोकिएको छ। मुस्ताङमा ८ सामुदायिक, १ निजी र २ धार्मिक विद्यालयलका गरी १८८ जना परीक्षार्थी एसईई परीक्षामा सामेल हुँने शिक्षा विकास तथा समन्वय ईकाई मुस्ताङका सूचना अधिकारी चन्द्रसिंह बिकले जानकारी दिए।
उनका अनुसार एसईई दिने जिल्लाका ११ विद्यालय मध्ये जनहित मावि जोमसोमबाट १७ जनाले सवईन्जिनीयर र जनआर्दश अमरसिंह माध्यमिक विद्यालय कोवाङबाट ४० जनाले कृषिधारको बिषयमा रहेर एसईई परीक्षा दिने सूचना अधिकारी बिकले उल्लेख गरे।